arrow

विवाद मल्यो, हेवा खोला जलबिद्युत आयोजनाको काम सुरु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ जेठ १० सोमबार
Tallo-hewa-hydro.jpg.jpeg
पाँचथर । पाँचथरको फिदिम स्थित हेवा खोलामा निर्माणधिन तल्लो हेवा खोला जलविद्युत आयोजना काम सुरु हुने भएको छ । आयोजना निर्माण क्षेत्रका स्थानीयसहित आइतबार जिल्ला विकास समितिमा बसेको समन्वय बैठकपछि समिति निर्माण गरी १५ दिनभित्र के कारणले विवाद भएको हो भन्नेबारे आधिकारिक विवरण ल्याउने सहमति भएको छ । 
 
अब निर्वाद रुपमा काम सुरु हुने भएको हो । उक्त विवरण ल्याउन जिल्ला विकास समिती पाँचथरका इन्जिनियर भानु बरालको संयोजकत्वमा समिति गठन गरी १५ दिनभित्रमा के कति क्षति भएको त्यसको आधारमा मुआब्जाको व्यवस्था गराउन कम्पनीलाई पहल गराउने निर्णय गरिएको सरोकारवाला समितिका सहसचिव नरोत्तम थापाले जानकारी दिए । 
 
जिल्ला उर्जासंकट निवारण समन्वय समितिबाट छानविन गरी स्थलगत रुपमा अध्यायनका आधारमा काम गर्ने प्रमुख जिल्ला अधिकारी पुरुषोत्तोम घिमिरेले बताए । समितिले स्थानीयले पानीको समस्या लगायत राखेका मागका विषयमा छनविन गर्ने सरोकार समितिका सदस्य सचिव थापाले जानकारी दिए । समितिको निर्णय आउन्जेल सम्मका लागि काम सुरु हुने थापाको भनाई छ ।
 
फिदिम नगरपालिकाको १, २, ४, ५ वडाका स्थानीयलाई प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयले जग्गाको मुआब्जा, स्थानीयलाई रोजगारी, सिँचाई कुलो र खानेपानीका मुहानमा  परेको असरलगायत कारण देखाउँदै आन्दोलन थालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ