arrow

विराट कलेजबाट बिपी प्रतिष्ठान लगिएका संक्रमितको उपचारकै क्रममा मृत्यु

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
Dead_Body.jpg.jpeg

लहान । कोरोना संक्रमणबाट सिरहामा मंगलबार बिहान थप एक जनाको मृत्यु भएको छ । 

सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 

भदौ १० गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियुमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

 उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए थियो । 

उपचारकै क्रममा उनको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सिरहामा सात पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ