arrow

बाँकेमा मंगलबार थपिएका २४ जनामा अधिकांश फ्रन्टलाइनर

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
covid-test-positive-corona.jpg

नेपालगञ्ज । बाँकेमा मंगलबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका अधिकांश फ्रन्टलाइनर हुन् ।  यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ६७ पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा जिल्ला प्रहरी कार्यालय बाँकेका ९ जना प्रहरी, नविल बैंक, एनआइसी एसिया बैंक, माछापुच्छ्रे बैंक र आन्तरिक राजश्व कार्यालयका एक एक जना कर्मचारीमा पनि भाइरस देखिएको छ ।

त्यस्तै नेपालगञ्ज ठेगाना भएका ८ जना तथा जानकी र खजुराका १/१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । यसमा भेरी अस्पतालका एक जना बिशेषज्ञ चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मी र एक जना पत्रकार छन् ।

भेरीमै गरिएको परिक्षणमा बर्दियाका ४ र दाङका ५ जनामा समेत संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा नमुना परिक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ