arrow

भारत खाडी मुलुकसँग व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी गर्न तयारः प्रधानमन्त्री मोदी

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
_89767412_d3be1ab4-f748-4418-8d96-b0ef5e086f90.jpg.jpeg
तेहरान (इरान) । इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी फुकुवा भएपछि इरानको आर्थिक विकासका लागि बाटो खुलेको र भारतले पर्सियाली खाडी मुलुकसँग व्यापार, निर्माण तथा ऊर्जा क्षेत्रमा लगानी गरी अगाडि बढ्न चाहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुईदिने भ्रमणका क्रममा बताएका छन् । 
 
भारत तथा इरानबीचको सम्बन्ध थप प्रगाढ बनाउन दुवै देशबीच सहकार्य भइरहेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले “भारत इरानसँग कठीन घडीमा समेते सहकार्य गरेको स्मरण गरे ।” 
 
वर्तमान समयमा दुवै देश व्यापार, प्रविधि, लगानी एवम् निर्माण र ऊर्जा सुरक्षा विषयमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्दै भारतीय निजी क्षेत्रले पनि इरानमा लगानी गर्न इच्छुक रहेको, प्रधानमन्त्री मोदीले इरानको समाचार संस्था (आईआरएनए) लाई बताए । 
 
भारतीय प्रधानमन्त्री मोदीले सोमबार इरानी राष्ट्रपति हसन रौहानीसँग यस सम्बन्धमा औपचारि वार्ता गर्नु हुने बताइएको छ । 
 
इरानमा रहँदा मोदीले इरानी उच्च पदस्थ सरकारी अधिकारी, सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलगायतसँग भेट्ने कार्यक्रम छ । 
 
आफ्नो इरान भ्रमणको एजेन्डाबारे व्याख्या गर्दै भारतीय प्रधानमन्त्री मोदीले इरान भारतको असल मित्र भएको र यस क्षेत्रको महत्वपूर्ण मुलुक भएको बताए । पीटीआई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ