arrow

सन्दीपको टिम जमैकाको सातौँ खेल आज राति

logo
विक्रम गिरी,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
sandeep-lamichhane-cpl.jpg

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल मंगलबार राति खेल्दै छ । सन्दीपको टोली जमैकाले मंगलबार राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ ।  

ट्रिन्बागो नाइट राइडर्स उक्त प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलको ६ खेलबाट १२ अङ्क जोड्दै ट्रिन्बागो तालिकको शीर्ष स्थानमा छ । यसपालि ट्रिन्बागो सिपिएलको उपाधिको सबैभन्दा दाबेदारका रुपमा देखापरेको छ । जारी प्रतियोगितामा सन्दीपको टोली जमैकाको खेल प्रदर्शन मध्यमस्तरको रहेको छ । जमैकाले हालसम्म खेलको ६ खेलमा तीनका जित तथा तीनमा हारका साथ ६ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको चौथो स्थानमा छ । 

जमैकाको हालसम्मको खेल प्रदर्शन मध्यम किसिमको रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । उनले हालसम्म खेलेका ६ खेलमा नौ विकेट लिइसकेका छन् । सन्दीपले सेन्ट लुसिया विरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए। उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिएका थिए । 

यस्तै दोस्रो खेलमा सन्दीपले एक विकेट लिएका थिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा ३० रन दिएका थिए । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिनुभयो । उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिनुभयो । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाएका थिए । 

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिनुभयो । गुएना अमेजन वारियर्स विरुद्धको खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिनुभयो । यस्तै पाँचौ खेलमा उनले दुई विकेट लिएका थिए । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उनले ४ ओभरमा १६ रन दिएका थिए । यसैगरी सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिएका थिए । उक्त खेलमा उनले चार ओभरमा २९ रन विपक्षी टोलीलाई दिएका थिए । 

जमैकाले खेलेका हालसम्मका ६ वटै खेलमा सन्दीपले आफ्नो स्थान सुरक्षित राखेका छन्ट। उनले सबै खेलमा किफायती बलिङ गर्दै आएका छन् । विपक्षी टोलीका खेलाडीले उनको बलमा खासै रन बनाउन सकेका छैनन् । त्यसैले मंगलबारको खेलमा समेत सन्दीपले खेल्न पाउने सम्भावना अत्यधिक रहेको छ । यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ