arrow

मल नल्याउने ठेकेदारसँग कक्रक्क कृषिमन्त्री भुसाल, बाबुरामले दिए ४ सुझाव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १७ बुधबार
fertilizer-urea.jpg

काठमाडौं । मलको ठेक्का हत्याएर समयमै मल नल्याई किसानलाई मारमा पार्ने ठेकेदार शारदा प्रसाद अधिकारीसामु कृषि तथा पशुपञ्छि विकास मन्त्री घनश्याम भुसाल कक्रक्क देखिएका छन् ।

सत्तारुढ दल नेकपाका एक अध्यक्षप पुष्पकलम दाहाल प्रचण्डका घरबेटी समेत रहेका अधिकारीले यसअघि देखि नै सडक तथा पुलका ठेक्का अलपत्र पार्दै आएपनि शक्तिकै आडमा यस पटक कृषि सामाग्री कम्पनी लिमिटेडले उनलाई नै मल ल्याउने ठेक्का सुम्पेको थियो ।

बर्खेबालीका लागि ल्याउन भन्दै दिइएको ठेक्का अनुसार मल हिउँदेबालीलाई समेत ल्याउन नसक्ने देखिएपनि कारवाही गर्न नियामक कृषि तथा पशुपञ्छि विकास मन्त्री घनश्याम भुसालले कुनै पहलकदमी देखाएका छैनन् । प्रचण्डको शक्ति भएका अधिकारी सामु मन्त्री भुसाल कक्रक्क देखिएका छन् ।

उनलाई कारवाही गर्न नसकेपछि मलको आपूर्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंग्लादेशलाई गुहारेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालमा मल हाहाकार भएका खबर सार्वजनिक भएपछि मंगलबार मंग्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई टेलिफोन गर्दै मल उपलब्ध गराउन आग्रह गरेका थिए ।

ओलीको आग्रहमा हसिना सकारात्मक रहेको ओलीले मंगलबार नै ट्वीटमार्फत जानकारी गराइसकेका छन् ।

शक्तिको आडमा सकड, पुल लगायत मलकै समेत ठेक्का अलपत्र पार्ने ठेकेदार अधिकारीलाई कारावही गर्ने हिम्मत ओलीले पनि गरेका छैनन् ।

अधिकारीलाई सरकारले कारवाही गर्नुपर्ने माग समाजिक सञ्जालमा उठिरहेको छ ।

बाबुरामका ४ सुझाव

यसैबीच मल आपूर्तिको विषयमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारलाई ४ सुझाव दिएका छन् ।

उनले प्रत्येक वर्ष हुने मलको हाहाकार अन्त्य गर्न ट्वीटमार्फत सुझाव दिएका हुन् । ‘भारत, बंगलादेश र चीनसंग संयुक्त लगानीमा नेपालमै कारखाना खोलौं, मल बढी उत्पादन हुने खाडी मुलुकसंग सम्झौता गरेर सिधै आयात गरौं, तेलमा झैं मलमा पनि भारतसंग द्विपक्षीय सम्झौता गरेर आयात गरौं, देशभित्रै प्रांगारिक मल प्रबर्धन गरौं’ उनले ट्वीटरमा सुझावस्वप लेखेका छन् ।

भट्टराईको ट्वीटमा रिप्लाई गर्दै कृषि तथा पशुपञ्छि विकास मन्त्री भुसालले सुझावका लागि धन्यवाद दिँदै मलको कारखाना खोल्नेबारे मन्त्रालयमा पुगेपछि चासो राखेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ