arrow

पब्जिलगायतका १ सय १८ एपमाथि भारतमा प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १७ बुधबार
pubg-china-app.jpg

काठमाडौं। सुरक्षाको खतरा भन्दै चिनियाँ मोबाइल एपहरु भारतले फेरि प्रतिबन्ध लगाएको छ। पब्जि, विच्याटलगायतका १ सय १८ एपहरुमाथि प्रतिबन्ध लगाउन भारतको आईटी मन्त्रालयले बुधबार निर्देशन दिएको हो।

यसअघि भारतले २९ जुनमा ५९ वटा र २८ जुलाईमा ४७ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो। यो सहित भारतले तेस्रो पटक चिनियाँ एपमाथी प्रतिवन्ध लगाएको हो । 

भारतको सूचना तथा प्रविधिमन्त्रालयले चिनियाँ एपहरुले विभिन्न किसिमका व्यक्तिगत तथ्यांकहरु चोरी गरेको गुनासो आएका कारण बन्द गरेको बताएको छ।

भारत र चीनबीचको बढ्दो भुराजनीतिक एवं व्यापारिक तनाबकाबीच भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ