७२ स्वास्थ्यकर्मीलाई कोरोना भएपछि देशकै जेठो वीर अस्पताल बन्द
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १७ बुधबार
392
Shares
काठमाडौं । कोरोनाको कारण देशकै सबैभन्दा जेठो अस्पताल वीर अस्पताल बन्द भएको छ। अस्पतालमा कार्यरत ७२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भए पछि अस्पताल बन्द गर्नु परेको अस्पतालका निर्देशक केदार सेञ्चुरीले जनाएका छन् ।
सेञ्चुरीले जारी गरेको विज्ञप्तिमा बुधबार र बिहीबार बहिरंग सेवा (ओपिडि)सेवा बन्द हुने छ । उनका अनुसार उक्त दुई दिन अस्पताललको इमरेजेन्सी सेवा तथा पिसिआर ल्याव सेवा भने सुचारु हुने छ । अस्पताल बन्द भएका दिन कन्ट्रयाक्ट ट्रेसिङ गरिने अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार लकडाउन नभएको बेला अस्पतालमा हरेक दिन करिब २ हजार पाँच सय विरामी उपचारकोलागि अस्पताल पुग्ने गर्छन । लकडाउनको बेला भने एक दिनमा २ देखि ३ सयसम्म विरामी उपचारकोलागि अस्पताल पुग्छन् ।
ओपिडी बन्द हुँदा सर्वसाधारण विरामी प्रभावित हुनेछन् । अस्पताल स्रोतका अनुसार कोरोना पोजेटिभ देखिएका ७२ जना स्वास्थ्यकर्मीहरूमध्ये डाक्टर र नर्स समेत छन् । उनीहरूलाई जमलस्थित एक होटलमा आइसोलेसनमा राखिएको छ ।