arrow

म्यान्चेस्टर युनाइटेड प्रशिक्षक भान बर्खास्त, मौरिन्हो भित्रँदै

दुवैको उस्तै कथा : उपाधि दिलाएपछि बहिर्गमन

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
van-gal-new-FNL.jpg.jpeg
एजेन्सी । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले मुख्य प्रशिक्षक लुइस भान गाललाई बर्खास्त गरेको छ । पछिल्लो समय भान गालले टोलीलाई सम्हाल्न नसकेको भन्दै निकै आलोचना भइरहेको थियो । शनिबार राति वेम्बलेमा म्यानयुले एफए कपको उपाधि उचाल्दा अधिकांश फुटबल पण्डितहरुले भान गालको यो खेल नै अन्तिम हुने बताएका थिए । यस्तै, क्रिष्टल प्यालेससंगको एफए कप फाइनल भिडन्तअघि चेल्सी प्रशिक्षक जोजे मौरिन्होसंग सैद्धान्तिक सहमति भएको थियो । क्लबले केही दिन भित्रै मौरिन्होलाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने घोषणा गरेको छ । 
 
यद्यपि, भानगालको बहिर्गमन सुखद भएको छ । टोलीले तीन वर्षे उपाधि खडेरी तोडेको छ । सन् २०१३ मा तत्कालिन प्रशिक्षक सर अलेक्स फर्गुसन सेवानिवृत्तभएपछि भान म्यानयुले तीन वर्षपछि पहिलो उपाधि जित्यो । भान गाल तीन वर्षको सम्झौता गरेर युनाइटेड आएका थिए । उनको दुई वर्ष सुखद नभएको भन्दै निकै आलोचना हुँदै आएको थियो । भानगाललाई ओल्ड ट्राफोडमा समेत हार बेहोरेको र च्याम्पियन्स लिग छनोट थर्न नसकेको भन्दै चर्को दबाब परेको थियो । 
 
नेदरल्याण्डसका पूर्व प्रशिक्षक समेत रहेका गालको बर्खास्तगीपछि सहायक प्रशिक्षक अल्बर्ट स्तुइवेनबर्ग तथा गोलकिपर प्रशिक्षक फ्रान्स हायएकलेसमेत  क्लब छोडेका छन् । सन् २०१४ को ब्राजिल विश्वकपमा नेदरल्याण्डसलाई सेमिफाइनलसम्म लगेका  गाल त्यसपछि युनाइटेडको टिम सम्हाल्न आएका थिए । प्रशिक्षकको रुपमा गालको पहिलो सिजनमा म्यानयु इङ्गलिश प्रिमियर लिगमा चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनौट भएको थियो । 
 
यो सिजन भने म्यानयु च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन । लिगको पाचौं स्थानमा रहेपछि भान गाललाई क्लब छोड्ने दबाब आयो । उता, म्यानयु आउन लागेका मौरिन्हो गएको डिसेम्बरमा चेल्सी प्रशिक्षकबाट बर्खास्त भएका थिए । मौरिन्हो इङ्गलिश प्रिमियर लिगमा तीन दशककै खराब प्रदर्शन गरेको भन्दै आलोचित भएका थिए । 
 
चेल्सीको बोर्ड निर्देशकहरुको विशेष बैठकपछि प्रशिक्षक मौरिन्हो र चेल्सी व्यवस्थापक आपसी सहमतिमा सम्बन्धविच्छेद गर्न तयार भएका थिए । सन् २०१३ सेप्टेम्बरदेखि दोस्रो पटक चेल्सीको प्रशिक्षण सम्हालेका मौरिन्होले गएको सिजन टोलीलाई उपाधि दिलाएका थिए । उनी लिग जिताएको ७ महिनामै बर्खास्तगीमा परे । यद्यपि, चेल्सीका प्राविधि निर्देशकले भने मौरिन्हो बर्खास्तगी मै पर्ने गरी दोषी नरहेको बताएका थिए । 
 
त्यसअघि सन् २००४ देखि चेल्सीको प्रशिक्षण समालेका मौरिन्होले सो समयमा समेत दुई पटक चेल्सीलाई लिग च्याम्पियन बनाएपनि चौथो सिजनमा आएर क्लबसँग सम्बन्ध तोड्नुपरेको थियो ।मौरिन्होको बर्खास्तगिपछि अब नयाँ प्रशिक्षकको खोजी सुरु भएको छ । चेल्सी प्रशिक्षकका लागि बायर्न म्युनिख प्रशिक्षक पेपे ग्वार्डीयोला, गुस हिडीङ्क, वान्डे रामोस, ब्रेन्डर रोजर्स लगायतको नाम चर्चामा छ । 
 
 
 
 
 
Jose Mourinho and Louis van Gaal
 
 
 
Jose Mourinho and Louis van Gaal
Jose Mourinho and Louis van Gaal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ