arrow

मुल्लाह मारिएको अमेरिकी राष्ट्रपति ओबामाद्वारा पुष्टि

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
obama-best.jpg.jpeg
हनोई । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको समाचारको अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति ओबामाले मन्सुर मारिएको समाचारको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 
 
साथै ओबामाले मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरेको अर्काो एक समाचारमा जनाइएको छ । 
 
राष्ट्रपति ओबामाले एक विज्ञप्तिमा भनेका छन् – हामीले एकजना आतङ्कवादी संगठनको नेतालाई हटाइसकेका छौँ जसले अमेरिकी सैनिक तथा समग्र अफगान नागरिकका विरुद्ध हिंसात्मक युद्धको घोषणा गरेको थियो । 
 
राष्ट्रपति ओबामाले भने – हामीले र समग्र शान्तिप्रेमी अफगान नागरिकले गरेको शान्ति स्थापनाको अपेक्षालाई मन्सुरले पटक पटक लत्याइदिएका थिए जसका कारण हाल अफगानिस्तानका शान्तिप्रिय जनता दिन प्रतिदिन मारिन बाध्य छन् । 
 
अमेरिकी सेनाको हवाई कारबाहीका क्रममा ती मुल्लाह पाकिस्तानमा मारिएका हुन् । उनको हत्याको समाचार अमेरिकी सेनाले दिएको थियो ।  सो समाचारको पुष्टि हुन बाँकी रहेको भनी अफगान सरकारले सुरुमा प्रतिक्रिया दिएको भएपनि आइतबार राति नै उक्त समाचारको पुष्टि गरेको छ ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ