arrow

पोखरामा आज मात्रै ३० जना कोरोना संक्रमित थपिए

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
pokhara-new-dead.JPG

पोखरा । पोखरामा आज (बिहिबार) मात्रै ३० जना कोरोना संक्रमित भेटिएका छन् । पोखरा महानगरपालिकाको वडा नं. १६, १, १३, १२, १० २७, १४, ८, ३० र ५ मा २९ जना संक्रमित भेटिएका हुन् ।

बिहिबार बिहान पोखरा ८ मा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।  यस्तै तनहूँको व्यास नगगरपालिकामा पनि दुई जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु दुवै जना महिला हुन् ।

बिहिबार दिउसो १ बजे दिइएको जानकारी अनुसार गण्डकीमा ३१ जना संक्रमित थपिएका छन् । उनीहरु सबैको स्वास्थ्य परीक्षण क्षयरोग केन्द्र पोखरामा गरिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

योसंगै गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या २३ सय ८ जना पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ