arrow

प्रदेश-५ : कोरोना अस्पताललाई झण्डै ४ करोड बजेट

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १८ बिहिबार
pradesh-56.jpg

रुपन्देही । प्रदेश– ५ सरकारले प्रदेश भित्रका ४ वटा कोरोना विशेष अस्पतालहरुलाई ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्विकृत गर्दै, ५ सय ८३ जना जनशक्ति पनि थप गर्ने भएको छ । 

कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि ३ महिनाका लागि स्वास्थ्यकर्मीहरु करारमा भर्ना गर्ने र उक्त जनशक्तिहरुलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन सो बजेट विनियोजित गरिएको वताईएको छ ।

वैठकले बुटवल स्थित रहेको धागो कारखानामा सञ्चालन हुँदै आएको कोरोना विशेष अस्थायी अस्पतालका लागि १ सय ८९ जना थप जनशक्ति गर्ने भएको छ, भने सो अस्पतालमा आईसीयु बेड १८ वटा, (मिनी आईसीयू) बेड २०, आइसोलेन बेड ३६ गरी जम्मा ७४ वटा बेड रहने भएको छ ।

भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डी स्थित कोरोना अस्थायी अस्पतालमा १ सय ७१ जना जनशक्ति स्विकृत गरेको छ । भीम अस्पतालमा आईसीयु सघन ५ वटा, एचडी बेड १३ वटा, आइसोलेसन ९ गरी कुल २७ वटा बेड र दाङको बेलझुण्डीमा आईसीयु सघन १० वटा, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ वटा बेड रहने भएको जनाईएको छ ।

मन्त्रिपरिषद् वैठकले स्विकृत गरेको ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ वजेट मध्ये लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि १ करोड ७५ लाख ११ हजार ९ सय रुपैयाँ, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय रुपैयाँ, केन्द्रिय आयुर्वेद बेलझुण्डीका लागि १ करोड ५६ लाख ७२ हजार ३ सय रुपैयाँ र भेरी अस्पताल बाँकेका लागि १ करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासी गरिएको प्रवक्ता चौधरीले जानकारी वताएका छन् ।

यसैविच वाँके स्थत भेरी अस्पतालमा १ सय ५२ जना जनशक्ति राखिने निर्णय भएको प्रदेश नं.५ भौतिक पूर्वाधार विकास मन्त्री एंव सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् । सरकारका प्रवक्ता चौधरीका अनुसार सो अस्पतालमा आईसीयु सघन १० वटा, एचडी बेड ३० वटा र आइसोलेसन बेड २० वटा गरी ६० वटा बेड हुने उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ