arrow

जब आकाशबाट खस्यो बहुमूल्य पत्थर, रातारात मालामाल भए स्थानीय

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
stone-ulka.jpg

काठमाडौं । मानिसको भाग्य चम्कन केहि समय लाग्दैन । जब मानिसको भाग्य चम्कन्छ एक झटकामा सबै कुरा परिवर्तन हुन्छ। एक व्यक्ति सडकबाट एक करोडपति बन्छ ।  तर यहाँ एक यस्तो अचम्मको घटना उल्लेख गरिएको छ । जुन आकाशबाटै झरेको छ । जसको मुल्य अनमोल बताइएको छ । 

 ब्राजिलको दुर्गम गाउँमा यस्तै एक घटना घटेको हो । जहाँ आकाशबाट बहुमूल्य उल्का बर्षा भएको छ ।  जसको मुल्य २० हजार युरो बताइएको छ, नेपाली मुल्यमा करिब २७ लाख भनिएको सो उल्का पत्थर ४.६ अरब वर्ष पुरानो रहेको बताइएको छ । 

पत्थर सान्ता फिलोमेना भन्ने गाउँमा खसेका हो । यस गाउँको अधिकांश जनसंख्या किसान पेशामा आबद्ध छन् । उल्का पत्थर बर्षपछि स्थानीय किसानहरुले जम्मा गरेका थिए । अहिले सो गाँउका व्यक्तिहरूको हात हातमा रहेबो छन । वैज्ञानिकहरूको अनुसार यस प्रकारका उल्काहरू विरलै पाइन्छ। यसको  १० प्रतिशत मात्रको मुल्य पनि हजारौं पाउण्ड पर्छ।

साओ पाउलो युनिभर्सिटीका गेब्रियल सिल्वाका अनुसार यो उल्का पहिलो खनिजको हिस्सा हो जसबाट हाम्रो सौर्यमण्डल बन्यो । जब स्थानीयहरूले पत्थरको बारेमा थाहा पाए उनिहरुले भगवानको कृपाद्वारा दिइएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ