arrow

उपचारका क्रममा संक्रमित महिलाको मृत्यु, परिवारका दुई जनामा पनि संक्रमण

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
woman-dead-body.jpg

भक्तपुर । मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा बिहिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । 

ती महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि यही भदौ ३ गते अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको  नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

 मृतक महिलाका श्रीमान्सहित परिवारका अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा राखिएको बताइएको छ  । 

यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुने १० जना पुगेका छन् । तीमध्ये पाँच मध्यपुरथिमि, चार सूर्यविनायक र एक जना भक्तपुर नगरपालिकाका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ