arrow

नेसन्स लिगमा जर्मनी र स्पेनको बराबरी, यस्तो छ १० खेलको नतिजा

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
germany-spain-football.jpg

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा जर्मनी र स्पेनले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका हुन् ।

लिग ए ग्रुप फोरको खेलमा ५१ औं मिनेटमा टिमो वार्नरको गोलमा जर्मनीले अग्रता बनाएको थियो । हारतर्फ उन्मुख स्पेनले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । रोड्रिगोको पासमा जोसे गायाले खेलको अन्तिम मिनेटमा स्पेनका लागि बराबरी गोल फर्काएका थिए ।

सोही समूहको अर्को खेलमा युक्रेनले स्वीटजरल्याण्डलाई २–१ गोलले हरायो । 

त्यस्तै लिग बी ग्रुप थ्रीको खेलमा रुसले सर्बियालाई ३–१ गोलले हरायो । टर्की हंगेरीसंग १–० गोलले पराजित भयो । 

लिग बी ग्रुप फोरको खेलमा बुल्गेरिया र आयरल्याण्डले १–१ गोल तथा वेल्सले फिनल्याण्डलाई १–० गोल अन्तरले हरायो । 

लिग सी ग्रुप थ्रीको खेलमा माल्डोभा र कोसोभोले १–१ गोलको बराबरी खेल्दा स्लोभेनिया र ग्रीसले गोलरहित बराबरी खेले । 

लिग डी ग्रुप आईको खेलमा लात्भिया र एन्डोराले गोलरहित तथा फारोइ आइल्याण्ड्सले माल्टालाई ३–२ गोल अन्तरले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ