arrow

कास्कीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, बिहानै १६ जना थपिए, गण्डकीमा २३ सय ५२ पुगे

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
118707700_965004187353048_8.jpg

पोखरा । कास्कीमा पोखरामा कोरोना भाइरस संक्रमित ह्वात्तै बढ्न थालेको छ । शुक्रबार बिहानै १६ जना संक्रमित भेटिएका छन् । बिहीबारमात्रै ३१ जना संक्रमित भेटिएका थिए । 

बिहान ६ः१० बजे दिइएको जानकारी अनुसार भेटिएकामध्ये सात जना नेपाल प्रहरीमा कार्यरत छन् । उनीहरु पोखरा १५ स्थित कार्यालयमा कार्यरत हुन् । 

यस्तै, पोखरा १२ मा वर्ष २८ की एक जना महिलामा संक्रमण पुष्टि भएको छ । पोखरा १० मा वर्ष २३, २४ र २६ वर्षका तीन जना पुरुष, पोखरा २७ मा वर्ष १८ का युवक र ४७ वर्षका पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यसैगरी पोखरा १४ मा २४ वर्षका, पोखरा ५ मा ५० वर्षका, पोखरा ३० मा २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । 

यता, तनहूँको भानु नगरपालिकामा ५५ वर्षकी एक र म्याग्दे गाउँपालिकामा २६ वर्षकी एक जना महिला, लमजुङको मध्यनेपाल नगरपालिकामा ३९ वर्षका पुरुष र राइनास नगरपालिकामा ३१ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको डा शर्माले जानकारी दिए ।

यसैगरी स्याङ्जाको कालीगण्डकीमा २८ वर्षका पुरुष एक जना, बाग्लुङको ताराखोलामा ४२ वर्षका एक जना पुरुष संक्रमित भेटिएका छन् । 

यता, नवलपरासी पूर्वमा बिहानै १७ जना संक्रमित भेटिएका छन् । जसमा गैडाकोटमा १६ जना र देवचुलीमा एक जना भेटिएका छन् । 

योसंगै गण्डकी प्रदेशमा शुक्रबार ४० जना थपिएर हालसम्म कूल संक्रमितको संख्या २३ सय ५२ जना पुगेको निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ