arrow

साता भरि घटबढ सुनको मूल्य : ३ दिन बढ्यो, ३ दिन घट्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
gold-jewellery.jpg

काठमाडौं । यो साता नेपाली बजारमा सुन चाँदीको मूल्यमा उतारचढाव भइरह्यो ।

साताभरि नेपाली बजारमा सुनको मूल्य ३ दिन घटेको र ३ दिन बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले शनिबार सुन चाँदीको मूल्य निर्धारण गर्ने गरेको छैन ।

शुक्रबार तोकिएको मूल्यमा नै शनिबार कारोबार हुँदै आएको छ ।

महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँ प्रतितोलाका दरले वृद्धि हुँदै ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार पनि सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि हुँदै छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ, मंगलबार छापावाल सुनको मूल्य ९ सय रुपैयाँले वृद्धि हुँदै ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार १२ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएर छापावाल सुनको ९७ हजार २ सय रुपैयाँ प्रतितोला कायम भएको थियो ।

बिहीबार सुनको मूल्यमा ७ सय रुपैयाँले गिरावट आउँदै छापावाल सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँ प्रतितोला दरले कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार पनि सुनको मूल्यमा १ सय रुपैयाँले गिरावट आउँदै ९६ हजार ४ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।

शुक्रबार नेपाली बजारमा चाँदीको मूल्यमास समेत गिरावट आएको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै १३ सय १० रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।

पछिल्लो समय नेपाली बजारमा तेजावी सुनको मूल्य छापावल सुनको तुलनामा ५ रुपैयाँले कम कायम  हुँदै आएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ