arrow

प्रिमियर लिगले चीनसँग ४९ करोड पाउण्डको सम्झौता रद्द गर्‍यो

logo
बीबीसी,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
premier-league.jpg

काठमाडौं। बेलायत र चीनबीचको बढ्दो तनाबका बीच प्रिमियर लिगले चिनियाँ बोर्डकास्टर पीपीएल लाइभसँगको ४९ करोड पाउण्डको सम्झौता रद्द गरेको छ। ३ सिजनका लागि गरिएको सम्झौता १ सिजनपछि २ सिजन बाँकी रहँदै रद्द गरेएको बीबीसीले जनाएको छ।

पीपीटीभीले सन् २०१९ देखि सन् २०२२ सम्म प्रशारण गर्नका लागि ५ सय ६४ मिलियनमा सम्झौता गरेको थियो। एक वर्ष प्रशारण गरेपछि बाँकी ४ सय ९० मिलियन पाउण्डको सम्झौता लिगले रद्द गरेको छ। गत मार्चमा चीनले सम्झौता अनुरुपको १६ करोड पाउण्ड कोरोना भाइरसको माहामारीको वाहाना गर्दै नतिरेपछि लिगले सम्झौता रद्द गरिएको हो।

प्रिमियर लिगले एक वक्तव्य जारी गर्दै उसले चीनमा प्रिमियर लिगको प्रशारणलाई समाप्त गरेको र यसबारे आइन्दा लिगले कुनै टिप्पणी नगर्ने समेत उल्लेख गरेको छ।

कोरोना भाइरसको माहामारका कारण गत मार्च १३ मा बिना निश्कर्ष रोकिएको लिगलाई चीनले समयमै पैंसा दिनबाट रोकिरहेको थियो। यद्यपि पछिल्लो समय चिनियाँ राजनीतिक गतिविधिहरुका कारण पनि प्रिमियर लिगले सम्झौता रद्द गरेको आशंका गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ