arrow

भारत , अफगानिस्तान र इरानद्वारा त्रिपक्षीय पारबहन सन्धिमा हस्ताक्षर

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
BN-OD446_0523in_P_20160523123133.jpg.jpeg
तेहरान (इरान) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी , अफगानी राष्ट्रपति असरफ घानी तथा इरानी राष्ट्रपति हसन रौहानीले सोमबार इरानको दक्षिणी चावहर बन्दरगाह सञ्चालनार्थ पारबहन सम्झौता गरेका छन् । 
 
चावहर बन्दरगाह सञ्चालनसँगै इरानलाई भारत र अफगानिस्तानसँग जोड्दै मध्यएसियामा यी देशबीचको व्यापारिक तथा अन्य गतिविधि पुर्‍याउन महत्वपूर्ण मौका मिल्ने, इरानका राष्ट्रपतिको कार्यालयले आफ्नो वेबसाइटमा जनाएको छ । 
 
यसैबीच भारत र इरानबीच अतिवादी कट्टरपन्थी तथा आतङ्कवादी गतिविधिसँग सूचनाको आदानप्रदान गर्दै संयुक्त रुपमा सङ्घर्ष गर्न सहमत भएको इरानी सञ्चारमाध्यमले बताएका छन् । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा इरानका राष्ट्रपति हसन रौहानीबीच सोमबार भएको उच्चस्तरीय वार्तामा उनीहरुबीच धार्मिक अतिवाद तथा आतङ्कवादसँग जुध्न संयुक्त प्रयासका लागि छलफल भएको थियो । 
 
दुवै देशले कट्टरपन्थी तथा आतङ्कवादका कारण यस क्षेत्रमा राजनीतिक अस्थिरता तथा शान्ति स्थापनामा चुनौती रहेको भन्दै यस समस्यासँग जुध्न संयुक्त पहल गर्ने बताएका पीटीआईले बताएको छ । 
 
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपतिबीच रसियाको उफामा भएको ब्रिक्स सम्मेलनको सिलसिलामा पनि यस सन्दर्भमा कुराकानी भएको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ