arrow

भारतमा लकडाउन अवधीमा १ करोड ८० लाखले गुमाए रोजगारी 

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
india-flag.jpeg

नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणका कारण भारतमा २५ मार्चदेखि जारी गरिएको लकडाउनका कारण धेरैले रोजगारी गुमाउने सम्भावना रहेको छ । लकडाउनका कारण सम्पूर्ण उत्पादनमुलुक र व्यापार व्यवसायहरु ठप्प भएका कारण ठूलो संख्यामा रोजगारी घुम्‍ने खतरा रहेको जनाइएको हो । 

सेन्टर फर मोनिटरिंग इण्डियन इकोनोमी (सीएमआईई) द्वारा जारी गरिएको पछिल्लो तथ्यांक अनुसार १ करोड ८० लाखले रोजगारी  गुमाएका छन् । स्वतन्त्र थिंक ट्यांकहरुको समूहले जारी गरेको यस रिपोर्ट अुनुसार अप्रिलदेखि मानिसहरुले रोजगारी गुमाउन सुरु गरेका थिए। अप्रिलमा मात्रै १ करोड ७७ लाखले रोजगारी गुमाएका थिए । 

त्यसपछि मेमा ११ लाख जनाले रोजगारी गुमाएका थिए भने ३९ लाखले जुनमा फेरि रोजगारी पाएका थिए । 

सीएमआईई रिपोर्टले स्वस्थ आर्थिक सुधारको सम्भावनामाथि गम्भीर आशंका व्यक्त गरेको छ । किनकी औपचारिक क्षेत्रमा रोजगार गुम्दै गएको छ । उक्त रिपोर्टका अनुसार भारतमा २१ प्रतिशत रोजगारीका स्वरुपमा छन्, जुन अनौपचारिक वा असंगठित क्षेत्रमा संलग्‍न संख्याभन्दा धेरै कम छ ।

अप्रिलदेखि अनौपचारिक क्षेत्र र ग्रामीण क्षेत्रको रोजगारीमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै रिपोर्टमा तलबमा आधारित रोजगारीमा सुधारको कमीले आर्थिक वृद्धिमा समस्या हुनसक्ने बताइएको हो । 

जुलाईमा करीव ५०लाख रोजगारहरू गुमेका छन् । "जब कि तलब पाएको रोजगार सजिलै गुम्दैन, एकचोटि गुमेपछि फेरि प्राप्त गर्न पनि गाह्रो हुन्छ । तसर्थ, उनीहरुको संख्या चिन्ताजनक अवस्थामा छ," रिपोर्टमा भनिएको छ । 

हाल भारतमा तेस्रो चरणको अनलक सुरु हुँदैछ । स्कूल, कलेज, विश्वविद्यालय र अन्य शैक्षिक संस्थानहरू, स्विमिंग पूलबाहेक, देशभरमा बन्द रहेका सेवाहरु खुल्ने भएका छन् । रेस्टुरेन्टहरूलाई टेक अवेका लागि अनमति दिइएकोछ । 

केही राज्यहरूले अझै पनि मानिसहरुको आवतजावतमा कडा प्रतिबन्ध लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ