arrow

जब डिम्पलले ऋषि कपूरको औंठी मागेर लगाइन्, अमिताभसँग तिक्तता

logo
प्रकाशित २०७७ भदौ २० शनिबार
rishis.jpg

काठमाडौं । बलिउडका दिग्गज अभिनेता ऋषि कपूर नीतू सिंह अघि पारसी महिला यास्मीन मेहतालाई प्रेम गर्थे। शुक्रबार स्वर्गीय अभिनेताको जन्मजयन्ती हो । ४ सेप्टेम्बर १९५२ मा जन्मिएका उनको यसै बर्षको अप्रिल ३० मा मृत्यु भयो । सो समय उनी ६७ वर्षको थिए । 

ऋषि कपूरले भनेका छन्- जब म यास्मीनसँग सम्बन्धमा थिएँ यास्मीनले मलाई एउटा औंठी उपहार दिएकी थिइन् , तर फिल्म बबीको क्रममा  डिम्पलले त्यो औंठी मसँग मागेर लगाइन् । ऋषि कपूरको बायोग्राफी 'खुल्लम खुल्ला : ऋषि कपूर अनसेन्सर्ड' मा भनिएको छ,' जब राजेश खन्नाले डिम्पल प्रस्ताव गरे, उनले रिंगलाई समुद्रमा फ्याँक्न भने। जब डिम्पलले रिंगलाई समुद्रमा फ्याँकिन् तब राजेश र उनी बीचमा प्रतिबद्धता भयो । र सत्य यो थियो कि म डिम्पललाई कहिले पनि माया गर्दिनथे।'

यास्मीनको बारेमा धेरै कुरा नभने पनि  ऋषि नीतूलाई पहिलो भेटे हुदा  यास्मीनसँग डेटिङ गर्दै थिए ।  तर चलचित्र बबीको सफलता पछि यास्मीनले  ऋषि 'बबी' फिल्मकी उनको को-स्टार डिम्पल कपाडियाको प्रेममा डुबेको सम्झिइन् । 

 त्यसैले यास्मीन, गलत धारणाको शिकार भएपछि ऋषिको प्रेमलाई अस्वीकार गरिन्। ऋषि कपूरले उनलाई मनाउन कडा परिश्रम गरे तर उनी राजी भइनन्।

आत्मकथामा ऋषि कपूरले भनेका थिए, मैले ३० हजार रुपियाँ दिए फिल्मफेयर अवार्ड मेरो नाममा गरेको थिएँ। वास्तवमा यो १९७३ को कुरा हो। यसैले उनले 'बबी' फिल्मका लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते। त्यस समयमा अमिताभ बच्चन 'जंजीर' मा सर्वश्रेष्ठ प्रदर्शन गर्ने उनका प्रतिस्पर्धी थिए। 

ऋषि कपूरले पछि यो पनि सोचे कि अवार्डकै कारण  अमिताभ र उनको सम्बन्ध शीतयुद्ध सुरु भएको छ ।  अमिताभ आफू पुरस्कार पाउन योग्य सम्झन्थे। यस कारणले गर्दा, उनीहरूको सम्बन्धमा खटपट आयो । यद्यपि,दुबै बीच सम्बन्ध सुधार भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ