arrow

इन्टरनेटको स्पिड स्लो हुनुमा को दोषी ?

logo
प्रकाशित २०७७ भदौ २० शनिबार
internet-.jpg

काठमाडौं। इन्टरनेटको स्पीड स्लो हुनुमा इन्टरनेट सेवा प्रदायकलाई मात्र दोष थुपार्नु न्यायचित नहुने बताएका छन्। अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याइने व्यान्डविथ, नेटवर्क, राउटर, सर्भर, बिकास निमार्ण गर्दा हुने अवरोध र मोबाइल एपमा हुने समस्याले गर्दा समेत इन्टरनेट स्लो हुने बताएका छन।

प्रबिधि पत्रकार मञ्चले आयोजित वेवनेयरमा सुबिसु केवल नेट प्रालिका सीईओ विनयमोहन साउदले भारतमा टाटा, एअरटेल लगायतका कम्पनीको नेटवर्कमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदी कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए। ‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकहरुले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्,  तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन् । हामी त उपभोक्ता र सर्भर वा एपबीचको पूल मात्रै हौं । तीन वटा पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली खाने हामी मात्रै हुन्छौं,’ सीईओ साउदले भने । 

साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेको र यसमा आफूहरुको पहलले मात्रै  पुर्ण समाधान नआउने बताए । ‘कुनै बेला फेसबुक, युटुव, टिकटक लगायतका प्लेटफर्ममै समस्या आएको हुन्छ । तर उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्नुहुन्छ । हामीले फेसबुक, टिकटक, युटुवको समस्या समाधान गर्न सक्दैनौं नी,’ उनले अगाडि भने । 

यस्तै भायनेट  कम्युनिकेसन प्रालीका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए । ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरे इन्टरनेट खपत गर्ने साइट आउला । त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ । त्यसैले यसको गुनासो पूर्ण रुपमा समाधान हुन सक्दैन । हामीले कम गर्दै लैजाने हो,’ बोहोराले भने । 

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियो मै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको ठम्याई छ । 

‘हामीकहाँ इन्टरनेटको खपत धेरै बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्छ । हामीले भारतबाट किन्छौं । उता समस्या आएमा यता नेपालमा इन्टरनेट स्लो हुन्छ वा बन्द हुन्छ । त्यसमाथि नेपालको भौगोलिक विकटताले पनि समस्या पारेको हुन्छ,’ उनले भने। 
प्रबन्ध निर्देशक बोहराले ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुने आशा व्यक्त गरे । कहिलेकाँही प्रतिस्पर्धाको नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको हुन सक्ने बोहोराको भनाई थियो । हामी ग्राहकको समस्या थाहा हुने बितिक्कै सकारात्मक ढंगले समाधानको लागि खटिरहेका हुन्छौ तर कतिपय अवस्थामा बिगार्न नै लागेको झै गरी आरोप लाग्ने गरेको छ । कमिकमजोरी होला तर क्षमताले भ्याएसग समाधान गर्न लागिरहेका नै हुन्छौ, उनले भने ।  

कोरोनाका कारण समस्या झनै बढ्दो
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ। विशेषगरी टिकटक, फेसबुक र युटुवका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्याउन हम्मे हम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ विनयमोहन साउदको भनाई छ ।

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको उनले जानकारी दिए । ‘लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो । अहिले पाँचदेखि ६ सय जीबीपीएस खपत भइरहेका छ । प्रायजसो प्रयोगकर्ताकै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ । यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ,’ सीईओ साउदले भने । 

कोरोनापछि गूगल ३७ प्रतिशत, फेसबुक ४७ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको उनले जानकारी दिए । साउदले मनोरञ्जनको लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगरिदिन आग्रह समेत गरे । 
त्यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोरले कोरोनापछि इन्टरनेट सेवा प्रदायकहरुलाई झनै ठूलो समस्या परेको बताए । ‘इन्टरनेटको माग धान्नै नसक्नेगरी बढेको छ, हाम्रा उपकरण बिग्रि रहन्छन् । यस्तो बेलामा विदेशबाट आउने चार्टर जहाजमा सामान ल्याउन समय लाग्छ । भनेको बेलामा जनशक्ति पाइँदैन । कोरोनापछि हामी थप समस्यामा छौं,’ बोहोराले भने । 

सेवाप्रदायकलाई मात्र दोष दिएर हुँदैन : आनन्दराज खनाल, दूरसञ्चार विज्ञ
टीजेएफले गरेको भर्चुअल अन्तरक्रियामा दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावका बीच इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए । महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारको लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको, तर नेपाल सरकारले भने उपभोक्तालाई छूट दिने निर्देशन बाहेक अरु केही नगरेको खनालको आरोप छ ।  

‘इन्टरनेटको गुणस्तर सेवा प्रदायकको हातमा मात्रै छैन । इन्टरनेट आफैमा एउटा ठूलो प्रणाली हो । सरकार, नियामक र उपभोक्ताले धेरे बुझ्न बाँकी छ । यदी सेवा प्रदायकका दुःख बुझ्ने हो भने सेवाप्रदायकलाई गाली गर्ने थिएनौं होला,’ दूरसञ्चार विज्ञ खनालले भने । 

आईएसपीले विदेशमा व्यान्डविथको पैसा भुक्तानी गर्नका लागि पनि कयौं दिन यता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले निर्देशन मात्रै दिने गरेको तर गुणस्तर सुधारको लागि नीतिगत र व्यवहारिक काममा ध्यान नदिएको बताए ।

उनले राउटर लगायतका सामग्री सेवाप्रदायक स्वयंले उपलब्ध गराउँदै आएको भन्दै कम गुणस्तरको राउटरकै कारण इन्टरनेट स्पीड कम भएको भनेर पन्छिन नमिल्ने उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ