arrow

एक सय पचास अरब लाख किलोमिटर दूरी पार गरेर ब्ल्याकहोल ठोक्किएको सिग्नल पृथ्वीमा

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २० शनिबार
black-hole-collision.jpg

काठमाडौं। दुई ब्लेकहोल एकआपसमा समाहित हुँदा निश्किएको आठ सुर्य बराबर उर्जाको एक सिग्नलको संकेत पृथ्वीबाट मापन भएको छ। गत वर्षको मे मा यो सिग्नल पृथ्वीबाट मापन भएको हो। यसले इटाली र अमेरिकाका सिग्नल डिटेक्टरमै समस्या उत्पन्न गराएको थियो।

अनुसन्धानकर्ताहरुले ब्लेकहोल एक आपासमा समाहित भएपछि सुर्यको १ सय ४२ गुणा बराबर उर्जाको पीण्ड बनेको बताएका छन्। यो कुराले सुर्यको तुलनामा १ सयदेखि १ हजार गुणा बढी शक्तिशाली ब्लेकहोलको उपस्थितीबारे संकेत गरेको छ। इन्टरफेरोमीटर इन्स्रमेन्ट्स स्पेस टाइममा हुने तरंगलाई सुन्न सक्ने डिटेक्टरले सन् २०१९को मे मा यस्तै तरंग डिटेक्ट गरेको थियो। जुन एक सेकेण्डको दशौं हिस्सामा सुनिएको थियो। 

यो सिग्नल दुई ब्लेकहोल एकआपसमा मिसिदाको हो भनेर कम्प्युटरको अल्गोरिद्यमले पत्ता लगाएको हो। जुन एक ब्ललेक होलको मास सुर्यको भन्दा ६६ गुणा ठूलो र अर्काको ८५ गुणा ठूलो रहेको थियो।

दुई ब्लेकहोल एक आपासमा मिसिएको दुरी करिब १ सय ५० अबर लाख किलोमिटर रहेको खुलेको छ। साथ अरब वर्ष टाढाबाट आएको उक्त सानो सिग्नलले पृथ्वीका डिटेक्टरहरुमा तरंग मच्चाएको थियो।

यसअघि ६५ सुर्यभन्दा ठूला पीण्डहरुको ब्लेक होल बन्न नसक्ने अर्थात तीनिहरुको फ्युल सकिएपछि विष्फोट हुने तर विष्फोट पछि केही बाँकी नरहने सिद्धान्त छ। तर,यो ८५ सुर्य बराबरको मास भएको पीण्ड ब्लेकहोलमा परिणत हुनुले सिद्धान्तमाथि प्रश्न उठाएको छ। या यो पिण्ड पहिले पनि ब्लेक होल नै हुनुपर्छ।

अमेरिका स्थित लिगो अब्जरभेट्रिज र इटाली स्थित भिग्रो अब्जरभेट्रिजबाट यो ब्लेक होलको सिग्नलबारे पत्ता लागेको हो। यो खोज अहिलेसम्मकै ठूलो ब्लेकहोल टकरावको घटना हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ