arrow

लिभिङ विथ इन्भाइरोमेन्ट कोरोना बिरुद्ध जनचेतना जगाउँदै, क्याटलाई पनि सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २० शनिबार
living-with-environment-aak.jpg

पर्सा। लिभिङ विथ इन्भाइरोमेन्टले कोभिड एक्सन टिम (क्याट) पर्सालाई सहयोग गरेको छ ।

कोरोनाभाइरस महामारीले निम्त्याएको संकटको समयमा विभिन्न माध्यमबाट सहयोग र सहकार्य गरिरहेको क्याटलाई संस्थाले शनिबार अनौपचारिक कार्यक्रमबीच मास्क र ग्यास सिलिण्डर सहयोग गरेको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको नेतृत्वमा गएको टोलीले क्याटका संयोजक जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद मियाँलाई ७ थान ग्यास सिलिण्डर र २ सय थान मास्क हस्तान्तरण गरेको थियो।

हस्तान्तरण कार्यक्रममा क्याटका तबरेज अहमद, श्याम पटेल, संजीव मिश्रा, शैली चौधरी, लिभिङ विथ इन्भाइरोमेन्ट जिल्ला संयोजक विकास चौहान, पर्सा जिल्ला अध्यक्ष रोहित बरनवाल र कोषाध्यक्ष पवन पटेललगायातको सहभागिता रहेको थियो ।

संस्थाले यसअघि जिल्लाका विभिन्न स्थानमा कोरोना भाईरसको जोखिमबाट बच्ने र बचाउने लगायतका जनचेतनामुलक सन्देश फैलाउने कामपनि गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ