arrow

पञ्चाङ्गअनुसार यस्तो छ आजको दिन, राशिफलसहित

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ भदौ २१ आइतबार
rashifal-horoscope.jpg

आजको पञ्चाङ्ग 
आज मिति २०७७ भाद्र २१ गते आइतबार, इस्वीसंवत सेप्टेम्बर ६ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धआश्विनकृष्ण (पितृ) पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज शुद्धआश्विनकृष्ण (पितृ) को चतुर्थी तिथि रहनेछ । आज अश्विनी नक्षत्र, विष्कुम्भादि योगमा वृद्धि, करणमा कौलव, आनन्दादि योगमा आनन्द रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३१ घटि १९ पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४५ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर १७ मिनेटमा हुनेछ । आज सोह्रश्राद्धको चतुर्थी तिथि हो । चतुर्थी तिथि दिनमा ४ बजेर २७ मिनेटसम्म रहनेछ । 

आजको राशिफल
मेषः
आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला । आज पूर्व दिशाको यात्रा फलदायी रहनेछ । 
 
मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः मनमा विना कामका चिन्ताले सताउनेछन् । शत्रुस्थानको चन्द्रमाको नकारात्मक प्रभावले आँपूm अपमानित हुनुपर्ने ठाउँमा सहभागी हुनुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । आज टाढाको त्युमा पनि पूर्व दिशाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिर्नुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । 

मिथुनः आज लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आपूmलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नयाँ सामानहरू किन्ने र घर सजाउनेमा विशेष चाहना हुने देखिन्छ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ । टाढाको धार्मिक यात्रा गर्न मन लाग्नेछ । 

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । 

कर्कटः आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासी खराबी आउन सक्नेछ । आँटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ । पश्चिम दिशाको व्यवसायिक यात्रा गर्दा निकै राम्रो हुनेछ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । 

सिंहः आज स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन । मनमा अनावश्यक चिन्ता बढ्ने देखिन्छ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । 

कन्याः आज स्वास्थ्यमा खास कुनै गड्वडी देखिनेछैन । तर आँटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । समग्रमा आजको समय मध्यम रहनेछ । टाढाको यात्रा, आर्थिक लेनदेन नगर्दा नै राम्रो हुनेछ । 

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुलाः आज स्वास्थ्यमा त्यति खरावी रहनेछैन । इज्जत, प्रतिष्ठा बढ्ने ठाउँमा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । आज विशेष कार्यक्रममा सहभागी हुने स्थिति नआउला भन्न सकिन्छ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ । भरपूर उपयोग गर्नुहोला । तर पूर्व दिशाको यात्रा । कसैसंग विवाद आज नगर्नुहोला । 
तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । 

वृश्चिकः आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् । यसअघि उठ्न बाँकी रहेका रकमहरु आज उठ्ने सम्भावना देखिन्छ ।  
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । 

धनुः आज पनि एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसंग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ । सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीसंग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन । एक्कासी पेट दुख्ने ग्याष्ट्रिक, शूल, वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ । आज खाने पिउने मामलामा पनि दुःख पाइने देखिन्छ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता समल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ ।

मकरः आज आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबढी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ । सतर्क रही कार्य गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन । पूर्वतर्फको यात्रामा विशेष सतर्क हुनुहोला । आर्थिक कारोबार र नयाँ व्यवसायको थालनीका साथै कसैसंग घनिष्ट मित्रता आज नगर्नुहोला । 
मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । 
कुम्भः आज आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ । अढैया शनिको प्रभावले केही काम भने विग्रने सम्भावना रहनेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । 

मीनः आज समय अत्यन्तै खराव छ । आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन । त्यसकारण मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ अर्थात आज स्वास्थ्य त्यति भरोसाको रहनेछैन । खानामा गडबडी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ ।

साइतः आज चन्द्रमा मेष राशिमा छन् त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः४४ बजेदेखि         ७ः१४ बजेसम्म        उद्धेग बेला
बिहान ७ः१४ बजेदेखि         ८ः४४ बजेसम्म        चर बेला
बिहान ८ः४४ बजेदेखि         १०ः१४ बजेसम्म        लाभ बेला
बिहान १०ः१४ बजेदेखि        ११ः४४ बजेसम्म        अमृत बेला
बिहान ११ः४४ बजेदेखि        १ः१४ बजेसम्म        काल बेला
दिनमा १ः१४ बजेदेखि           २ः४४ बजेसम्म        शुभ बेला
दिउँसो २ः४४ बजेदेखि           ४ः१४ बजेसम्म        रोग बेला
दिउँसो ४ः१४ बजेदेखि           ५ः४४ बजेसम्म        उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ