arrow

भगवती कालिका मन्दिर निर्माणमा सहयोग जुट्दै

logo
प्रकाश बम, 
प्रकाशित २०७७ भदौ २१ आइतबार
118772411_341659700307122_3.jpg

डोटी । दिपायल सिलगढी नगरपालिका–४ कुमालिकोटमा निर्माण भइरहेको मन्दिरमा सहयोग जुटिरहेको छ। स्थानीयवासीले चन्दा र श्रमदानबाट निर्माण कार्य शुरु गरेपछि भगवती, कालिका मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउने गरी  विभिन्न ठाउँबाट सहयोग जुटेको हो ।                   

शनिबार मन्दिर परिसरमै पुगेर केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले २१ हजार एक सय २१ रुपैयाँ सहयोग गरेका छन् । 

त्यस्तै नेपाली काँग्रसे जिल्ला कार्यसमिति सदस्य जीत खड्काले ३१ कट्टा सिमेण्ट बराबर २५ हजार सहयोग गरेको भगवती मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष भोज कठायतले जानकारी दिए ।

शनिबारनै मन्दिर परिसरमै पुगेर नेपाली काँग्रसका क्षेत्रीय सभापति तथा नगरका छायाँ मेयर विजय खड्काले १२ हजार ५ सय नगद सहयोग गरेका छन् । 

वडा नं ४ का वडाअध्यक्ष तथा नेपाली काँग्रेस डोटीका सचिव बिरेन्द्र शाहले १५ हजार ५ सय, दिसिनपा २ का वडाअध्यक्ष राजेन्द्र खड्काले १० कट्टा सिमेण्ट, केआईसिंह गाउपालिका वडा नं ७ का वडाअध्यक्ष हर्क विष्टले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । 

यसअघि अछाम जिल्ला अदालतका रजिष्टार इन्द्र कठायतले मन्दिर निर्माणका लागि २० हजार ५ सय रुपैंया सहयोग गरेका थिए ।

मन्दिर निर्माणका लागि स्थानीयहरुले आफ्नो तर्फबाट हुने आर्थिक तथा भौतिक श्रमदान लगायतको सहयोग गर्दै आएका छन् । 

प्रवासमा हुने नेपालीहरुले पनि निर्माणका लागि सहयोग गर्दै आएको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ ।          

मन्दिरको क्षेत्रफल बढाउनका लागि स्थानीय मेख बहादुर कठायतले मन्दिरका नाममा जग्गा दान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ