arrow

तीन सयले घट्यो सुनको मूल्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २१ आइतबार
gold-jewellery.jpg

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाद्यी व्यवसायी महासंघका अनुसार आइतबार ३ सय रुपैयाँ प्रतितोलाका दरले मूल्यम गिरावट आउँदै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार  ४ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला १३ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ