arrow

बाँकेमा ३८ र बर्दियामा ४२ जना कोरोना संक्रमित थपिए

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
corona-test-kit.jpg

नेपालगञ्ज । बाँकेमा आइतबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा खजुरा गाउँपालिकाका १९ जना, जिल्ला प्रहरी कार्यालयका ११ जना, कोहलपुर नगरपालिकाका ३ जना, नेपालगञ्ज उपमहानगरपालिकाका २ जना र बर्दिया, बाजुरा र झापा स्थायी ठेगाना भएका १/१ जनामा कोरोना पुष्टि भएको हो । 

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १२ सय ४८ पुगेको छ । हालसम्म ८ सय २५ जना निको हुँदा ६ जनाको मृत्यु भएको छ ।

भेरीमै गरिएको परिक्षणमा बर्दियाका ४२ जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना देखिएका अधिकांश बाँसगढी नगरपालिकाका छन् । 

पछिल्लो २४ घण्टामा ३ सय १३ नमुना परिक्षण गर्दा ८० जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ