arrow

मिठाइ पसलमा काम गर्थे करण जोहरका बुवा यश, मिनाकुमारीको तस्विरले बदलियो जीवन

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
karan-johar-yas.png

काठमाडौं ।  कुनै समय भारतीय चलचित्रमा भव्य सेट, परम्परा र पारिवारिक मूल्यमान्यता देख्न पाइन्थ्यो  । ९० को दशका चर्चित निर्माता निर्देशक यश जोहरको पहिचान हो यो ।  'कुछ कुछ होता हे', 'कभी खुशी कभी गम' र 'काल हो ना हो'  जस्ता चलचित्रहरू निर्माण गरेका यश जोहरले दर्शकहरुलाई मनोरञ्जन दिन कहिल्यै सम्झौता गरेनन् । करण जोहरका बाबु यश जोहर धर्म प्रोडक्शन्सका संस्थापक हुन् ।  'दोस्ताना' उनको पहिलो हिट चलचित्र हो । मिठाइ पसलमा काम गर्ने यश जोहर कसरी फिल्म निर्माता बने भन्ने कथा अत्यन्तै चाखलाग्दो छ।

यश जोहरको जन्म ६ सेप्टेम्बर १९२९ लाहोरमा भएको थियो। भारत-पाकिस्तान विभाजनपछि उनको परिवार दिल्ली बसाई सरेको हो । यश जोहरका बाबु दिल्ली आएर 'नााकिग स्विट्स' नामको मिठाइ पसल खोले। यश आफ्ना नौ जना भाइबहिनीमध्ये सबैभन्दा शिक्षित थिए। यसै कारण बुबाले उसलाई पसलमा बस्न लगाए । हिसाबकिताब गर्न अबल्ल रहेका यशलाई भने मिठाइ पसलमा काम गर्न पटक्कै मन परेको थिएन । 

सोहि कुरालाई यश जोहरकी आमाले समर्थन गरिन्  र भनिन्, 'तिमि मुम्बई जाउ, तिमि मिठाईको पसल सम्हाल्न जन्मिएका पनि होइनौ ।' आमाले घरबाट गहना र पैसा चोरेर यशलाई मुम्बई पठाइन्। गहना र पैसा हराएको  शंकामा त्यहाँ खटिएका व्यक्तिले कुटाइ पनि खाएका थिए । 

यश जोहर मुम्बई पुगेसँगै उनले शुरुको दिनमा धेरै संघर्ष गर्नुपर्‍यो। उनी टाइम्स अफ इन्डिया पत्रिकामा फोटोग्राफर बन्न कोशिस गर्दै थिए। ती दिनहरू निर्देशक के आसिफ 'मुगल-ए-आजम' को लागि शूटिंग गर्दै थिए। मधुबालाले कसैलाई पनि उनको तस्विर खिच्न दिदैनथिइन्। यश जोहर त्यस समयमा पनि अंग्रेजी बोल्थे । यश जोहरले मधुबालासँग अंग्रेजीमा बोलेर मधुबाला प्रभावित भइन् । उनले फोटो लिनको लागि अनुमति दिइन्।

मधुबाला यश जोहरसँग यत्ति प्रभावित भइन् कि उनले साथ लगेर बगैंचा देखाउन थालिन्। जब यश जोहर फोटो खिचेरअफिसमा पुगे, उनले जागिर पनि पाए। यश जोहर पूजा पाठमा विश्वास गर्थे। बिहान नुहाएपछि उनी प्रार्थना गर्थे । यही  छाप उनको फिल्महरुमा पनि देख्न सकिन्छ।

उनै यश जोहरका छोरा करण जोहर हाल भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्माता तथा निर्देशकका रुपमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ