arrow

मल आयातकाे म्याद सकिएपछि प्रचण्डका घरबेटीसँगकाे ठेक्का रद्द

कालोसूचीमा राखेर क्षतिपूर्ति भराउने निर्णय

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २१ आइतबार
mal.JPG

काठमाडौं । सरकारले समयमै रसायनिक मल आपूर्ति नगर्ने ठेकेदारको ठेक्का सम्झौता रद्द गरेको छ । 

कृषि सामाग्री कम्पनी लिमिटेडले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनीेको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का रद्द गरेको हो । दुबै कम्पनीलाई कालोसूचीमा राखेर क्षतिपूर्ति भराउने निर्णय भएको जनाइएको छ ।

दुवै कम्पनीले समयमै मल आपूर्ति नगरेपछि कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता रद्द गरिएको जनाएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले आइतबार दुवै कम्पनीसँगको ठेक्क रद्द गर्नुका साथै धरौटी पनि जफत गर्ने निर्णय गरेको कम्पनी प्रमुख नेत्र भण्डारीले जानकारी दिए ।

कम्पनीले ठेक्का सम्झौदा गर्दा राखेको करिब ५, ५ करोड रुपैयाँ धरौटी जफत हुने भएको हो ।

दुवै कम्पनीले २५, २५ हजार मेट्रिक टन मल आयातका लागि गत पुस र माघमा ठेक्का पाएका थिए ।

दुवै कम्पनीसँग गरिएको सम्झौता अनुसार भदौ २० गतेसम्म मल नेपाल ल्याइसक्नु पर्ने थियो । तर, दुवै कम्पनीले मल नल्याएपछि सम्झौताको म्याद शनिबार समाप्त भएको हो ।


म्याद सकिँदा पनि मल आयात नगरेको र शक्तिको आडमा किसान रुवाएको भन्दै ठेकेदारहरुलाई कारवाही गर्न चर्को माग भइरहेकाे थियो ।


त्यस्तै कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले नेपालमा नै रसायनिक मल उत्पादन गर्न सकिने सम्भावनाको अध्ययनका लागि समिति गठन गरेको छ । कृषि सचिव राजेन्द्र भारीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।

यसअघि दुई पटक गरिएको अध्ययनमा एक पटक रसायनिक मल उत्पादनका लागि सम्भावना देखिएको र एक पटक नदेखिएको भन्दै सम्भाव्यता अध्ययन समिति गठन गरिएको कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले जनाएको छ ।

यसअघिका अध्ययनमा कृषि मन्त्रालयको सहभागिता नरहेको भन्दै मन्त्रालयका सचिव भारीको नेतृत्वमा ‘रसायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरिएको र त्यसले काम आरम्भ गरिसकेको छ’ आइतबार साँझ पत्रकार भेटघाटपछि मन्त्री घनश्याम भुसालद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ