arrow

पोखरा फुड्सका २५ कर्मचारी कोरोना संक्रमित, गण्डकीमा बिहानै थपिए ६७ जना 

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ २२ सोमबार
coronavirus-hamrakuras1.jpg

पोखरा । गण्डकी प्रदेशमा सोमबार बिहानै ६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै पोखरा महानगरपालिकाका ३१ जना छन् । 

बिहान ५ः५० बजे दिइएको जानकारी अनुसार पोखरास्थित पोखरा फुड्सका मात्रै २५ जनामा संक्रमत पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पोखरा फुड्समा १७ जना महिला र आठ जना पुरुषमा संक्रमण भेटिएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी पोखराको पश्चिमाञ्चल अस्पतालमा चार जना र मेडिसिटीमा दुई जना संक्रमित थपिएको डा शर्माले जानकारी दिए ।

यता, गोरखाको गोरखा बजार र पालुङटारमा मात्रै १८ जना, नवलपरासीको देवचुली र गैडाकोटमा १५ जना, तनहूँको व्यास नगरपालिकामा तीन जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । 

भेटिएका सबै संक्रमितको स्वास्थ्य परीक्षण पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको हो । योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ५८ सय ९८ जना पुगेका छन् ।

गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगिसकेको छ । आइतबार एक जना मृतक थपिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ