arrow

उत्तरी भारतमा पहिरोबाट दशको मृत्यु

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
337947_76566049.jpg.jpeg
नयाँ दिल्ली । भारतको उत्तराखण्डमा आइतबार गएको पहिरोमा परी १० जनाको ज्यान गएको यहाँको प्रहरीले बताएको छ । पहिरोका कारण कैयौँ घाइते भएका प्राप्त समाचारमा उल्लेख गरिएको छ । 
 
उत्तराखण्डको प्रान्तीय राजधानी देहरादूनको चक्रता क्षेत्रमा काम गरिरहेका श्रमिक अकस्मात आएको पहिरोपछि त्यहाँ थुनिएपछि नजिकैको सुरक्षितस्थलमा झुपडी बनाई बसेको स्थानीय प्रहरीले बताएको छ । 
 
दुई बालबालिकासहित उनीहरु सरकारी सडक योजनाअन्तर्गत निर्माण गरिँदै गरेको सडकमा कार्यरत श्रमिक भएका बताइएको छ । 
 
पहिरोबाट केहीलाई उद्धार गरिएको छ भने केही अझै पहिरोमा परेको हुनसक्ने भन्दै थप उद्धार प्रयास जारी रहेको छ । पहिरोमा परी घाइते भएका श्रमिकलाई अस्पताल पु¥याउने पहल भइरहेको सरकारी अधिकारीले बताएका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ