arrow

एकै दिन शिक्षालयका ६३ जना सेनामा संक्रमण

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
army-corona.jpg

सुदूरपश्चिम । कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा सोमबार कोरोना संक्रमणको पुष्टि भएको छ । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए । तालीम शिक्षालयलका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ ।

सोमबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा संक्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। 

कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कुल संक्रमित र सक्रिय संक्रमित बिरामी बढ्दै गएका छन् । सोमबारसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ