arrow

बागलुङमा कोरोना संक्रमित तीन सय नाघे

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
quarantine-baglung.jpg

बागलुङ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या तीन सय छ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म निको हुनेको सङ्ख्या दुई सय ७९ छ भने एक जनाको मृत्यु भएको छ ।

आइसोलेसनमा रहेका संक्रमितको सङ्ख्या २६ छ भने क्वारेन्टिनमा ७२ जना छन् । पछिल्लोपटक आइतबार काठेखोला गाउँपालिकका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

जिल्लामा पहिलो पटक गत चैत १५ गते कोरोना देखिएको थियो । जुन नेपालकै पाँचौ संक्रमणको घटना थियो । त्यसयता अधिकांश भारतबाट आएका व्यक्तिमा कोरोना देखिए पनि पछिल्लो समय समुदायमा पनि संक्रमित भेटिन थालेका छन् । 

जिल्लामा अहिलेसम्म झण्डै सात हजारको पिसीआर परीक्षण गरिएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा ५४ र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सात जनामा संक्रमण देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ