arrow

कर उठाउन मात्रै निषेधाज्ञा खुकुलो पार्ने तयारी, नागरिकका समस्यामा सरकार अझै बेखबर

बैंकका शाखाहरु खुला गर्न राष्ट्र बैंकको निर्देशन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २२ सोमबार
kp-oli-serious-mood.jpg

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन (सीसीएमसी) र काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकरीबीच निषेधाज्ञा खोल्ने कि कडा गर्ने भन्ने विवाद कायमै रहेका बेला प्रधानमन्त्रीले भने जारी निषेधाज्ञालाई खुकुलो बनाउने संकेत गरेका छन् । जारी निषेधाज्ञाको बारेमा सरकारले भदौ २५ देखि ३० गतेसम्म केही खुकुलो बनाउने तयारी गरेको छ ।

काठमाडौ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सेना परिचालन गरेर भएपनि निषेधाज्ञलाई कडा गर्नुपर्छ भन्ने अभिव्यक्ति दिइरहेका बेला सरकारले भने कर चुक्ता गर्ने व्यापारी तथा नयाँ कम्पनी खोल्नेहरुका लागि भन्दै बैकिङ सेवा खुला गर्न निर्देशन दिएकाले निषेधाज्ञा खुकुलो बनाउने संकेत गरेको हो।

यहीबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक पनि तय गरिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै नेकपाले आन्तरिक विवादका कारण रोकिएको स्थायी कमिटी बैठक पनि २६ गतेलाई राखेको छ ।

निषेधाज्ञा खुकुलो बनाउदै सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । यसको अर्थ के हो भने काठमाडौ उपत्यकामा निषेधाज्ञालाई कमजोर बनाउदै लगिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब निषेधाज्ञाको अवधी थप नहुने संकेत गरिसकेका छन् । सत्तारुढ नेकपाको डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते आयोजना गरेर प्रधानमन्त्री ओलीले २४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत दिएका हुन् ।

निषेधाज्ञा अन्त्य भएपछि मात्रै आयोजना गर्ने भनिएको स्थायी कमिटी २६ गते राख्न सोमबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच सहमति भएपछि यस्तो संकेत आएको थियो । ‘अहिले तेस्रो हप्तामा चलिरहेको निषेधाज्ञा २४ गतेसम्म रहन्छ, त्यसपछि यही स्वरुपमा निषेधाज्ञा नगर्ने तयारी अुनसार नै संभवतः २६ गते स्थायी कमिटी बैठक राखिएको हो’, वालुवाटार निकट स्रोतको दावी छ ।

बजार व्यवसाय ठप्प हुँदा हजारौं मानिस बेरोजगार भएर खान नपाउने अवस्थामा पुग्न थालेका कारण पनि सरकार दबाबमा रहेको छ । व्यवसायीहरूले लगातार निषेधाज्ञा नगर्न दबाब दिइरहेको अवस्थामा आइतबार प्रधानमन्त्री ओलीले केही अगुवा व्यवसायीहरूसँग बालुवाटारमा छलफल गर्दै अब नागरिकको जीवन र व्यवसाय पनि बचाउने गरी ‘मध्यमार्गी बाटो’ खोज्ने बताएका छन् ।

निषेधाज्ञा हटाएर व्यवसाय सञ्चालन गर्न दिने विषयमा प्रधानमन्त्री ओली सकारात्मक रहेका थिए । ‘कोरोना महामारी चलिरहेको छ, त्यसबाट मानिसको ज्यान बचाउनुपर्ने सरकारको पहिलो जिम्मेवारी हो’, प्रधानमन्त्री ओलीले त्यसक्रममा भनेका थिए । छलफलमा व्यवसायीहरुले सरकारी तथ्याङ्कले नै २ प्रतिशत हाराहारीमा अहिले आर्थिक वृद्धिदर भएको भनिरहँदा केही क्षेत्रहरु ऋणात्मक समेत रहेको प्रधानमन्त्रीलाई सम्झाएका थिए । उनीहरूले करिब ६ महिना धेरैसजो व्यवसाय बन्द हुँदा निजी क्षेत्र नै तहसनहस भएको र व्यवसायीहरु अब माथि उठ्नै नसक्ने अवस्था आएको बताएका थिए ।

तर यो बीचमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थेग्न गाह्रो भएको भन्दै सेना परिचालन गर्नुपर्ने तथा दशैं तिहारसम्मै निषेधाज्ञा कायम राख्नुपर्ने भन्दै सिसीएमसीलाई सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ