arrow

एउटा भेडाको मुल्य ५ करोड ७३ लाख

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
SHEEP1.jpg

काठमाडौं । नेपालमा एउटा भेडाको मुल्य कति पर्छ होला? बढीमा  एक वा दुई लाख ।  तर के तपाईंले कहिल्यै यस्तो भेडाको बारेमा सुन्नुभएको छ जुन करोडमा बेचियो, यदि छैन भने यहाँ त्यस्तै एउटा भेडाको बारेमा छ जसलाई पढेर तपाईं पनि छक्क पर्नुहुनेछ । 

स्कटल्याण्डको टेक्सल प्रजातिको भेडा ५ करोड ७३ लाख बढीमा बिक्री भएको छ। यो संसारको महँगो भेडा भएको बताइएको छ। सो भेडा गत महिना स्कटल्याण्डको ल्यानार्कको स्कटिश नेश्नल टेक्सल सेलमा बेचिएको थियो।

भेडाको शुरुआती मूल्य १० हजार ५०० डलर थियो, जसको लिलामीको मूल्य बढ्दै अन्ततः भेडालाई ४ लाख ९० हजार ६५१ अमेरिकि डलरमा बिक्रि भयो, अर्थात नेपाली मुद्रामा ५ करोड ७३ लाख बढी रुपैयाँ परेको छ ।

सो भेडालाई तीन जनाले मिलेर किनेका थिए। भेडा किन्न सबैभन्दा धेरै पैसा लगाउने एक जेफ आइकनले भने, ' हामीले किनेको भेडा  विशेष थियो। सबैजना यसलाई किन्न चाहन्थे।'

टेक्सल भेडा ज्यादै दुर्लभ प्रजाति हो । जसको कारण माग बढ्दो छ। यी प्रजातिको भेडा नेदरल्याण्ड्सको तटबाट टाढा टेक्सेलको सानो टापुमा जन्मेका छन् । टेक्सल भेडालाई डबल डायमण्ड पनि भनिन्छ । यसको मुल्य निकै महंगो हुने गरेको छ । तर यस समय हालिएको मूल्यले भने विश्वमै महंगो बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ