arrow

माविका शिक्षकले साढे ६ लाख भ्रष्टाचार गरेको आरोप

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
schools.jpg.jpeg
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहट स्थित राम नरेश लक्ष्मण माध्यमिक विद्यालय, हजमिनीयाका प्रधानाध्यापक नगनारायण सिंह र खाता संचालक शिक्षक कौशल किशोर प्रसादले साढ् ५ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । 
 
मंगलबार दर्ता भएको मुद्दामा अख्तियारले ती दुई प्रतिवादीले आपसमा मिलेमतो गरी विभिन्न आर्थिक वर्षहरुमा विद्यालयको भौतिक निर्माण तथा मर्मत संभारको लागि जिल्ला शिक्षा कार्यालयबाट सरकारी अनुदानको रुपमा प्राप्त रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारलाई हानी नोक्सानी र आफूहरुलाई गैर कानुनी लाभ पु¥याउने कार्य गरेको अख्तियारको आरोप छ । 
 
उनीहरूले कूल  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टी हुन आएकोले उक्त कार्यमा संलग्न देखिएका प्रधानाध्यापक नगनारायण सिंह र खाता संचालक शिक्षक कौशल किशोर प्रसाद उपर बिगो ६ लाख ६८ हजार एक ८० रूपैयाँ ४४ पैसा भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) र ३ (१ं) (ङ) बमोजिम जरीवाना र कैद सजाय हुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हिना मिना हानीनोक्सानी एवं मासेको उक्त बिगो निजहरुबाट विद्यालयलाई दिलाई भराई पाउन मागदाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ