arrow

टिसिएल ब्राण्ड विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
tcl-global-tv-brand.jpg

काठमाडौं। टिसिएल टिभी विश्वको देस्रो बाण्ड हुन सफल भएको छ। विश्व बजारमा उत्पादन र ग्राहकको रोजाईमा पर्न सफल टिसिएल ब्राण्डका घरायसी सामाग्रीको आधारमा फेरी टिसिएल टिभी विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको हो।

नेपालमा पनि टिसिएल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दो रहेको कम्पनीले जनाएको छ। नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सर लगाएतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इओएल मार्फत नेपाली बजारमा विक्री हुने गरेको छ।

टिसिएल ब्राण्ड विश्वमा १५ वटा अवार्ड विजेता समेत भईसकेको छ। टिसिएलका २३ वटा आरएण्डडि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो व्यापर विस्तार गरिसकेको छ।

विश्वमा टिसिएल ब्राण्डको मुल्याङकन २००७ मा ४० दशमलव १३६ अर्व आरएमवि रहेकोमा १० वर्षमा बढेर ८०६ दशमलव ५६ अर्व आरएमवि पुगेको छ।

टिसिएल ब्राण्डको विश्व बजारमा माग अत्यधिक बढेको देखिन्छ। टिसिएल टिभी सन् १९८१ मा सुरुवात गरेको पाईन्छ। आईएचएस पछिको २०१६मा नै उत्कृष्ट टप ३ स्थान ओगट्न सफल भएको टिसिएल ब्राण्डका टिभी २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ। क्यु २, २०२० मा मार्केट सेयर को आधारमा टिसिएल ग्लोबल टप २ टिभी ब्राण्ड बन्न सफल भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ