arrow

सवारी कर्जाको ब्याजदर परिवर्तन गर्न नपाइने, विद्युती सवारी खरिदमा ८० प्रतिशत कर्जा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
Nepal_rastra_bank.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत सवारी खरिद गर्दा विद्युतीय सवारीमा ८० प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन् ।

सवारीको मूल्यको अधिकम ८० प्रतिशत विद्युतीय सवारीको हकमा कर्जा दिन पाउने गरी राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन दिएको हो ।

व्यक्तिगत सवारी साधन खरिदमा अन्य (इन्धनबाट चल्ने) सवारीको हकमा भने अधिकतम ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले एकिकृत निर्देशनमा उल्लेख गरेको छ ।

‘इजाजत पत्र प्राप्त संस्थाले प्राकृतिक व्यक्तिलाई व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा ८० प्रतिशतसम्म मात्र गर्नु पर्ने छ’ एकिकृत निदेशिकामा उल्लेख गरिएको छ ।

व्याजदर परिवर्तन गर्न नपाउने

राष्ट्र बैंकले मंगलबार गरेको एकिकृत निर्देशन अनुसार बैंकले दिने घर कर्जा र सवारी कर्जाको व्याजदरमा परिवर्तन गर्न नपाउने भएका छन् ।

कर्जाको भुक्तानी अवधिभर कर्जाको व्याजदर परिवर्तन गर्न नपाउने गरी निर्देशन भएसँगै एक वर्ष भन्दा बढी अवधिका लागि लिइएका घर कर्जा र सवारी कर्जाको व्याजदर परिवर्तन गर्न नपाउने भएका हुन् ।

यसअघि बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा दिँदा सुरुमा सस्तो व्याजदरमा दिने र भुक्तानी नहुँदासम्म वार्षिक रुपमा बढाउँदै आएकोमा अब त्यसको अन्त्य हुनेगरी राष्ट्र बैंकले निर्देशन दिएको हो ।

‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको व्याजदर परिवर्तन नहुनेगरी स्थिर व्याजदर कायम हुनु पर्ने छ । इजाजत प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत कर्जाको व्याजदर अवधिभर परिवर्तन नहुनेगरी स्थिर व्याजदर निर्धारण गर्नुपर्ने छ’ एकिृत निर्देशिकमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ