arrow

भूपाल सिटौलाको अध्यक्षतामा नेपाली रक्तदाता संघ अष्ट्रेलिया गठन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
blood-donars-association-au.jpg

काठमाडौं । नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ अष्ट्रेलियाको स्थापना भएको छ । 

भूपाल सिटौला अध्यक्ष रहने गरि गठित १७ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ । नवगठित समितिको अध्यक्षमा सिटौला, उपाध्यक्ष मुक्तीराम पोख्रेल र प्रकाश खरेल, सचिव प्रकाश लामिछाने, सहसचिब चन्द्र प्रकाश ढकाल, कोषाध्यक्ष रंजीता भण्डारी र सदस्यहरुमा उमेश पोखरेल, निरज खतिवडा, ललित मल्ल, अर्जुन गैरे, सिमा थापा, दिवाकर काफ्ले, सुर्य खनाल, ईश्वर कुईकेल, प्रशंना दहाल, अजय राजबंशी र राज खनाल चयन भएका छन् ।

संघको संरक्षकमा बिनोद प्रसाद मैनाली र सल्लाहकारहरुमा अन्तराष्ट्रिय झापाली समाजका पूर्व अध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियन्ता बिष्णु हमाल, गैरआवासिय नेपाली संघ अस्ट्रेलीयाका पूर्व अध्यक्ष तथा अधिवक्ता टोनु घोताने, गैरआवासिय नेपाली संघ अस्ट्रेलीयाका पूर्व महासचिब तथा अधिवक्ता भरत पोखरेल, पत्रकार महासंघ अस्ट्रेलीयाका अध्यक्ष हेमन्त काफ्ले, सामाजिक अभियन्ता भैरव ढकाल, एनआरएनए आईसीसी महिला, स्वास्थ्य र शिक्षा समिति का संयोजक भोमा लिम्बू, गैरआवासिय नेपाली संघ अस्ट्रेलीयाका पूर्व अध्यक्ष महेन्द्र ओली र मेडिकल डाक्टर डा. देवेन्द्र सापकोटा चयन भएको महासचिव रेग्मीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ