arrow

सन्दीप विकेटविहीन बनेपछि सीपीएलबाट जमैका बाहिरियो 

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
sandeep-lamichhane2.jpg

काठमाडौं ।  क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटबाट नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द जमैका तलाबाज बाहिरिएको छ । 

तलाबाज सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएपछि बाहिरिएको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा जमैका ९ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको दिएको १ सय ८ रनको सामान्य विजयी लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गर्यो । 

ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्स ५४ र टिओन वेब्स्टर ४४ रनमा नटआउट रहे । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै महंगो २९ रन खर्चिएर पनि विकेट लिएनन् । उनी यो खेलमा मात्र विकेट लिन असफल भएका हुन् । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए ।

अब सन्दीप इन्डियन प्रिमियर आइपीएल खेल्न युएई आउँदै छन् । सन्दीप दिल्ली क्यापिटल्ससँग आवद्ध छन्। 

यसअघि पहिले ब्याटिङ गरेको जमैकाले ७ विकेटको नोक्सानीमा १ सय ७ रन बनाएको थियो । एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।

ट्रिनबागोले उपाधिका बिहीबार  सेन्ट लुसिया जोउक्ससँग खेल्नेछ । बुधबार बिहान भएको खेलमा लुसियाले गुएना अमेजन वारियर्सलाई १० विकेटले पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ