arrow

बेल्जियम र फ्रान्स जित्दा इंगल्याण्ड बराबरीमा, रोनाल्डोको कीर्तिमानमा जित्यो पोर्चुगल  

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
ronaldo60.jpg

काठमाडौं । नेसन्स लिग फुटबलमा बेल्जियम र पोर्चुगलले सफलता हासिल गर्दा इंगल्याण्ड भने बराबरीमै रोकिएको छ । 

मंगलबार राति भएको खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ गोल अन्तरले हरायो । मिचि बात्शुआयीले २ तथा एक्सेल विट्सेल, ड्राइस मेर्टेन्स र जेरेमी डोकुले १–१ गोल गरे । 

यही समूहको खेलमा इंगल्याण्ड भने बराबरीमा रोकियो । इंगल्याण्डलाई डेनमार्कले गोलरहित बराबरीमा रोकेको हो । 

यो खेलपछि समूहमा ६ अंकबाट बेल्जियम शीर्ष स्थानमा हुँदा ४ अंकको इंगल्याण्ड दोस्रो स्थानमा छ । डेनमार्कको १ तथा आइसल्याण्ड अंकविहिन छ । 

अर्को समूहको खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले हरायो । केलिएन एम्बाप्पे बिनाको फ्रान्सलाई जिताउन एन्टोइन ग्रेजम्यान, डायोट उपमेकानो र ओलिभर जिरुले १–१ गोल गरे । एक गोल डोमिनिक लिभाकोभिकले आत्मघाती गर्दा फ्रान्सलाई सजिलो भयो । 

यही समूहको अर्को खेलमा पोर्चुगलले स्वीडेनलाई २–० गोल अन्तरले हरायो । स्वीडेनका गुस्ताभ भेन्सनले रातो कार्ड खाएको खेलमा पोर्चुगललाई जिताउन दुवै गोल क्रिस्टियानो रोनाल्डोले जिते । 

यो गोलसँगै रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । उनले गोल संख्या १ सय १ पुर्याएका छन् ।

उनी राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् । राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । उनले सन् १९९३ देखि २००६ सम्म १ सय ९ अन्तराष्ट्रिय गोल गरेका छन् ।

नेसन्स कपका अन्य खेलको नतिजा यस्तो छ –
साइप्रस ०–१ अजरबैजान
लग्जेम्बर्ग ०–१ मोन्टेनेग्रो
अर्मेनिया २–० इस्टोनिया
जर्जिया १–१ नर्थ मेसेडोनिया



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ