arrow

तीन वर्षभित्र पेट्रोलियमसहित सबै खानी अध्ययन गरेर उत्खनन सुरु हुने उद्योगमन्त्रीको दाबी

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
somprasad.jpg.jpeg
काठमाडौ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले  संविधान जारी भएपछि अब मुलुक आर्थिक समृद्धिको दिशमा केन्द्रीत भएको भन्दै आगामि तीन वर्षभित्रमा पेट्रोलियम पदार्थसहित नेपालमा रहेका सबै खानीको अध्ययन गरेर उत्खनन गर्ने काम सुरु गर्ने दाबी गरेका छन् । 
 
मन्त्री पाण्डेले चीनबाट आएको टोलीले ब्लक नम्बर ३ को दैलेख र दश नम्बरको मोरङमा पेट्रोलियम खानीको अध्ययन गरि प्रारम्भिक नजिताबाट उत्साहित भएको भन्दै अब एक महिनाभित्र पूर्ण प्रतिवेदन बनाएपछि ड्रिल गर्ने काम सुरु गर्ने बताए । उनले भने,‘ ब्लब नम्बर ३ र १० मा उत्खनन गर्न आवश्यक ईन्धन भएको उनीहरुको प्रारम्भिक अनुमान छ ।
 
 एक महिनामा पूर्ण प्रतिवेदन आएपछि ड्रिल गर्ने काम गर्छन ।’ दैलेख र मुस्ताङ्गमा पेट्रोलियम ग्यास पाईएकोले त्यसलाई पनि उत्खननको काम सुरु हुने बताउँदै मन्त्री पाण्डेले जाईकाको प्रतिवेदन अनुसार काठमाडौमा रहेको मिथेन ग्यासको उत्खननको काम सुरु भईसकेको बताए । उनले ईमाडोल र टेकु पचलीमा तत्खनन सुरु भएको र हात्तिबन र तिनकुनेको कुवामा उत्खननको काम केही दिनमा अघि बढ्ने बताए ।
 
मन्त्री पाण्डेले नवलपरासीको धौबाजीमा १० किलोमिटर क्षेत्रमा फलाम खानी पाईएको र रामेछापको ठेसो र फुल्चोकी डाडाँमा पनि फलाम खानी पाएकोले त्यसको अनुसन्धान र उत्खनाको कार्यक्रम अघि बढाउने जानकारी दिदै युरेनियमको खोजीको काम समेत अघि बढाईसकिएको बताए । 
 
उनले खनिज पर्दाथ र जटिबुटी अप्रोसिध रुपमा निकासी गर्दा कम विदेशी मुद्र आउने भएकोले तत्काललाई नेपालबाट खनिज पदार्थ निकासीमा रोक लगाएको स्पष्ट पार्दै कम्तिमा एक पटक प्रसोधन गरेर मात्रै पठाउने नीति लिएको जानकारी दिए ।
 
मन्त्री पाण्डले त्यसकोलागि सुर्खेतमा जटिबुटी प्रसोधन केन्द्र स्थापना गर्ने तयारीमा सरकार रहेको भन्दै आगामि बजेटले कृषिसहित प्राकृतिक स्रोत साधनको उपयोगमा ठूलो बजेट विनियोजन गर्ने बताए । 
उनले अहिले निर्माण भईरहेका आयोजनाहरुबाट दुई वर्षभित्रमा १ हजार मेघावाट विद्युत उत्पादन भएर लोडसेडिङको अन्त्य हुने दावी गर्दै नेपालमा रेलमार्ग विस्तारको विषयमा बजेटलेउपयूक्त ब्यवस्था गर्ने जानकारी दिए । 
 
मन्त्री पाण्डले नेपालमा ४५ वर्ष अघि नै पानी जहाज ऐन बनेको उल्लेख गर्द आवश्यक परे नेपालले जहाज खरिद गरेर समुन्द्रमा कुदाउने बताए । उनले भने,‘ भुपरिबेष्ठित मुलुक मंगोलियाको २ सय भन्दा बढी पानी जहाज कुद्छन भने हामीले पनि आवश्यकता पर्दा कुदाउन सक्छौ ।’
 
उनले  आगामि २०७४ साल माघ ६ गतेसम्म केपी शर्मा ओली नेतृत्वको सरकार नै रहने दावी गरेका छन ।  रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ यो सरकार संविधानको धारा २९८ अनुसार बनेको हो । त्यसअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउने बाटो पनि छैन । अर्को सरकार गठन गर्ने बिधी नै छैन । त्यसैले अहिले यो सरकार ढल्दैन, २०७४ साल माघ ७ गतेसम्म रहन्छ ।’ यद्यपि उनले अहिलेको गठबन्धनबाट कुनै दल बाहिरिए भने अलग कुरा भएको तर्क गरे ।
 
साक्षात्कारमा मन्त्री पाण्डेले  नेपाली काग्रेस आए यही सरकार सहमतिको सरकारमा रुपान्तरण हुने बताउँदै नआए यही सरकार रहने  दावी गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ