arrow

शोमै अक्षयले ट्विंकललाई खोल्न लगाए पेन्टको बटम, जानुपर्‍यो जेल

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
akshayas.jpg

काठमाडौं । सन्  १९९१ मा फिल्म 'सौगंध' बाट बलिउड क्यारियर शुरू गरेका अक्षय कुमारको बुधबार ५३ औं जन्मदिन हो ।  सर्वाधिक कमाई गर्ने फोर्ब्सको सूचीमा बलिउड अभिनेता अक्षय कुमार पनि पर्छन्। अक्षय कुमारका फिल्महरूका दर्शकहरूसँधै पर्खन्छन्। तर त्यस्तो बेला पनि थियो जब अक्षय कुमारलाई पुलिसले पक्रेर जेलमा राख्यो।

यो सन् २००० को कुरा हो अक्षय कुमारलाई लकमे फेशन वीकमा र्याम्प वाकको लागि आमन्त्रित गरिएको थियो। यस अवसरमा अक्षय आफ्नी श्रीमती ट्विंकल खन्नासँगै पुगे। यसपछि अक्षय टिसर्ट र जीन्स लगाएर र्याम्पमा आए। एक्कासी उनी र्याम्पबाट बाहिर निस्केर ट्विन्कल खन्ना भएको ठाँउमा गए र उनलाई जीन्सको बटन खोल्न भने।

ट्विंकलले पनि अक्षयलाई रोकिनन्। ट्विंकलले अक्षयले भनेको जस्तै गरिन्। अक्षय जीन्सको बटन खोल्दै र्‍याम्पमा हिंड्न थाले। तर त्यसो गर्नु अक्षय र ट्विकल दुबैलाई भारी पर्‍यो ।

यस विषयलाई लिएर धेरै विवाद भएको थियो। दुबै स्टारले विरोधको सामना गरे। यस पछि दुबै बिरूद्ध मुद्दा दर्ता गरियो। जसका कारण अक्षयलाई तुरुन्त जेल पठाइएको थियो।

२०१५ मा, श्री गुरुग्रंथ साहिब र अन्य धार्मिक ग्रन्थहरूको पंजाबमा अपमान गरिएको थियो, जसपछि त्यहाँ हिंसा भडकियो। प्रदर्शनको क्रममा बहिबल कलांमा पुलिस गोलीबारीमा धेरै व्यक्तिको मृत्यु भएको थियो। सो विवादमा अक्षय कुमारको नाम पनि आयो। क्याप्टेन अमरिंदर सिंहको सरकारले यी घटनाहरू र गोली हानेर मारिएका घटनाहरूको छानबिन गर्न न्याय रंजीत सिंह आयोग गठन गर्‍यो।

आयोगले धेरै ठूला नेताहरूको भूमिकामाथि प्रश्न उठायो। त्यस समयमा गुरमीत राम रहीम सिंहलाई हिंसा भडकाएको आरोप लगाइएको थियो। सोहि समयमा अक्षय कुमारले राम रहीम सिंहसँग मध्यस्थकर्ताको रूपमा काम गरिरहेको आरोप लगाइयो। यसबारे चर्चा गर्न अक्षय कुमारले सुखबीर बादल र केही व्यक्तिहरूसँग उनको घरमा भेट गरेका थिए।

साथै पछिल्लो भारतीय आमनिर्वाचनको केहि दिन अघि प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वार्ता लिएपछि अक्षय कुमार विवादमा आएका थिए । उनीमाथि अर्को देशको नगरिकता रहेको आरोप पनि रहेको छ । 

ट्विंकलको १५ दिने प्रेमी थिए अक्षय

अक्षय कुमार र ट्विंकल खन्नाको विवाह को १९ बर्ष पूरा भएको छ। अक्षय र ट्विन्कलको १७ जनवरी २००१ मा विवाह भएको थियो। सोशल मिडियामा अक्षयले प्रायःतस्वीर वा भिडियोहरू अपलोड गर्दछ।

अक्षय र ट्विंकलले केही फिल्महरूमा सँगै काम गरे। एक अन्तर्वार्ताको क्रममा अक्षयले उनी र ट्विन्कल पहिलो पटक फिल्मफेयरको फोटोशूटमा भेटेको बताएका थिए। अक्षयले ट्विंकललाई हेर्न मन पराउँथे।

इंटरनेशनल खिलाडी फिल्मको शुटिङको क्रममा दुबैबीच प्रेम भयो। एक अन्तर्वार्तामा, ट्विंकलले भनेकी छन् जब उनले अक्षयलाई डेटिङ गर्न थालिन्, उनी लामो सम्बन्धबाट बाहिरिइन् र कसैसँग केही दिन रमाइलो गर्न चाहन्थिन्।

ट्विंकलका अनुसार उनले अक्षयलाई केवल १५ दिनको लागि आफ्नो प्रेमी बनाएकी थिइन्। यस्तो अवस्थामा दुवैले केही समयसँगै बिताएपछि विवाह गर्ने निर्णय गरे।

 एक अन्तर्वार्तामा अक्षयले भनेका छन्- जब उनी ट्विंकलको हात माग्न आमा डिम्पल कपाडियालाई भेट्न गए तब डिम्पलले उनी समलिङ्गि नै हुन् भन्ने सोचिन् र उनले आफ्नी छोरीको जीवन बिगार्न सक्छन्।

 यसै कारण डिम्पलले एक बर्ष विवाह गरिदिने सर्त राखिन् ।  अन्तत अक्षय-ट्विंकल एक वर्ष पछि विवाह भयो। विवाह पछि, ट्विंकलले उनको फिल्म क्यारियरबाट बिदा लिइन् ।

केहि समय पहिलेको 'कफी विद करण' शो मा अक्षय कुमार श्रीमतिका भन्दा निकै शान्त देखिए । पूरै शोमा ट्विंकल नै बोलि रहिन् अक्षय चुपचाप बसेर कफी पिइरहे । सो क्रममा  ट्विंकलले भनिन् उनकी आमा डिम्पल अक्षयलाई गे (तेस्रो लिङ्गि) सोचथिइन् । सोहि कारण डिम्पल ट्विंकल र अक्षयको विवाह नहोस भन्ने चाहान्थिइन् ।
 
ट्विंकलले भनिन् , 'अक्षयले मलाई प्रपोज गरेका थिए । मैले हुन्छ भने , तब उनि मेरो आमासँग हात माग्न आए । जब मैले अक्षयसँग विवाह गर्ने बताए ,तब वहाँले अचम्म मान्नु भयो ।  मेरा एकजना पत्रकार मित्र सन्दिपले मलाई अक्षय गे रहेको बताएका थिए । तर मलाई यस कुरामा सत्यता लागेको थिएन। मैले यो कुरा आमासँग शेयर पनि गरेको थिए । त्यसैले आमाले भन्नुभयो अक्षय र म एक बर्ष सम्मसँगै बस्नु पर्नेछ , त्यसपछि के गर्ने त्यसको निर्णय हुनेछ । हामिले एक बर्ष सँगै बितायौ त्यसपछि हाम्रो बिवाह भयो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ