arrow

मुम्बईमा बलिउड अभिनेत्री कंगनाको कार्यालयमा यसरी लगायो शिवसेना सरकारले बुल्डोजर

कंगनाले भनिन बाबरका सेनाले राम मन्दिर भत्काए, महाराष्ट्रलाई उत्तर कोरिया र पाकिस्तानसँग तुलना

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २४ बुधबार
kangana-raunaut-office-vand.jpg

काठमाडौं। भारतको महाराष्ट्र सरकार तथा सरकारको नेतृत्व गरिरहेको शिवसेना बिरुद्ध कडा रुपमा उत्रिएकी बलिउड अभिनेत्री कंगना रनौत बिरुद्ध त्यहाँको सरकार बदलाको भावनाले कार्वाहीमा उत्रिएको छ।

महाराष्ट्रसँगै मुम्बईको समेत राजनीतिक नेतृत्व गरिरहेको शिवसेनाले बदलाको भावनाले आफूहरु बिरुद्ध खडा भएकी कंगनाको कार्यालयमा डोजर चलाएको छ। लामोसमयदेखि चालु हालतमा रहेको मनिकर्णिका नामक कार्यालयमा शिवसेनाको नेतृत्व रहेको वीएमसीले डोजर चलाएको हो।

कार्यालयको संरचना अवैध रहेको भन्दै बीएमसीले डोजर चलाएको हो। यसअघी उसले मंगलवार एक पत्र कंगनाको घरमा टाँसेको थियो। त्यसको जवाफ समेत कंगनाले दिएकी थिइन। तर पत्र टाँसिएको २४ घण्टा नबित्दै बीएमसीले डोजर चलाएको हो। 

बीएमसीले डोजर चलाएसँगै कंगनाले ट्वीट गरि शिवसेना र महाराष्ट्र सरकारका गुण्डाहरुले आफ्नो कार्यालय तोडेकी बताएकी छिन्। उनले आफ्नो कार्यालयलाई राम मन्दिरको उपमा दिदै बाबर र उनका सेनाहरुले राममन्दिर भत्काए पनि फेरि मन्दिर बनाउने उद्घोष समेत गरेकी छिन् । उनले बीएमसीको कार्वाही निरंकुशताको परकाष्टा रहेको अभिव्यक्ति दिदै सरकार उत्तर कोरिया झैं निरंकुश भएको बताइन। कंगनाले सपनाको शहर मुम्बई गुण्डाराजमा परिणत भएको समेत प्रतिक्रिया दिइन ।  मुम्बई उच्च अदालतमा उजुरी दिदादिदै पनि हतारमा कार्यालय तोडिएको हो । कंगना समेत मुम्बईमा नभएको बेलामा गुण्डागर्दी शैलीमा कार्यालय तोडफोड गरिएको कंगना टीमले जनाएको छ ।  

बलिउड अभिनेता सुशान्त सिंहको मृत्यु पछि कंगना रनौत बलिउडको भाइभतिजावादको बिरुद्धमा उत्रिएकी थिइन। त्यसैगरि उनले बलिउड माफिया र लागूऔषधको बिरुद्धमा पनि बोलेकी थिइन। त्यसक्रममा मुम्बई प्रहरीको काम कार्वाहीप्रति प्रश्न उठाएकी उनी बिरुद्ध शिवसेना नेता संजय राउत, महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले आक्रामक रवैया देखाउँदै मिडियामा कडा टिप्पणी गरेका थिए। 

कंगनाले पनि उनीहरु बिरुद्ध आफ्नो अभिव्यक्ति रोक्ने भन्दा पनि अझ कडा रवैया अपनाएर जवाफ दिएकी थिइन। त्यसैको प्रतिफल मुम्बई सरकारले बीएमसी लगाएर उनको कार्यालय तोडेको हो। मुम्बई आउँदै गर्दा उनको सुरक्षामा सीआरपीएफ खटएको छ। उनको घरमा बम डिस्पोजल टोलीले समेत अनुसन्धान गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ