arrow

६ सय ४९ स्थानीय तहमा अस्पतला बनाउन रकम निकासा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २४ बुधबार
artha-mantralaya_Nepal.jpeg

काठमाडौं । सरकारले ६ सय ४९ स्थानीय तहमा कोभिड १९ अस्पताल निर्माणका लागि रकम निकासा गरेको छ ।

अस्पताल नभएका स्थानीय तहमा कोभिड १९ अस्पताल सञ्चालनमा ल्याउन सरकारले प्रति बेड २ लाख रुपैयाँका दरले सम्बन्धित काेलेनिका मार्फत रकम निकासा गरेको हो ।

अस्पताल नभएका स्थानीय तहमा ५ बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याउन आवश्यक बेड, उपकरण र जनशिक्त व्यवस्थापनका लागि १० लाख रुपैयाँ प्रति स्थानीय तहका दरले निकासा गरिएको हो ।

सरकारले प्रत्येक स्थानीय तहमा ५ बेडको अस्पतला सञ्चाल गर्नका लागि यसअघि नै निर्णय गरिसकेको थियो ।

सो अनुसार यही २१ भदौमा बसेको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले रकम निकासा गर्ने निर्णय गरेको हो ।

सोही अनुसार स्थास्थ तथा जनसँख्या मन्त्रालयले स्थानीय  तहसँग आवश्यक समन्वय गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेको हो ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड १९ अस्पताल सञ्चालन सम्बन्धि मार्गदर्शन २०७७ सहीत कार्यान्वयनका लागि ६ सय ४९ स्थानीय तहमा पठाइएको जानकारी गराएको छ ।

कोभिड १९ अस्पताल सञ्चालन सम्बन्धि मार्गदर्शन २०७७ अनुसार ५ बेडको अस्पतालमा १ डक्टर, २ नर्स र १ जना कार्यालय सहयोगी अनिवार्य हुनुपर्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ