arrow

डिएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ भदौ २४ बुधबार
Nepal-Police-new-tt.png

रौतहट । रौतहटको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत २० जना प्रहरीमा  कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बुधबार ईप्रका प्रमुख डिएसपी हेम बहादुर शाही सहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

डिएसपी शाहीले आफ्नो फेसबुकमा कर्तव्य पालना गर्ने क्रममा आफु लगायत २० जना प्रहरीको कोरोना रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका छन् । गत शुक्रवार संकलन गरीएको स्वावको पीसीआर रिर्पोट बुधवार बिहान आएको हो । कोराना संक्रमित प्रहरीहरुलाइ होम आइसोलेसन तथा चन्द्रपुर नपा २ मा रहेको आइसोलेसनमा राखिने बताइएको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी र केही स्थानिय गरी शुक्रवार ४१ जनाको स्वाव संकलन गरीएको थियो ।

स्वाव संकलन गरीएको ४१ जना मध्य २८ जनाको रिर्पोट पोजेटिभ आएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ