arrow

नेपाली क्रिकेटको भविष्य फैसला अक्टोबरपछि, आइसीसीको पत्राचारले अर्को विवाद

हामी आधिकारीक हौं : चन्द पक्ष, चन्द पक्षकै कारण वातावरण विग्रेको हो : राखेप

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
ICC-and-CAN-new-FNL-.jpeg.jpeg
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निलम्बन लम्बिने संकेत आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले गएको पुसमा सम्पन्न साधारण सभाबाट निर्वाचित भएका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गरी आगमी अक्टोबरमा बस्ने बोर्ड बैठकमा मात्रै नेपालबारे केही छलफल हुने जनाएको छ । त्यसअघि आइसीसीको प्रतिनिधी मण्डल जाँच बुझका लागिथ नेपाल आउने भएपनि बोर्ड बैठक अक्टोबरमा भएकाले त्यसअघि निलम्बनबारे कुनै टुंगो नलाग्ने देखिएको हो । 
 
गएको वैशाख १२ गते आइसीसीको बोर्ड बैठकले क्यानलाई निलम्बन गरेको थियो । यद्यपि, निलम्बन गरेको औपचारिक पत्र भने हाल सम्म पठाएको थिएन । चन्द नेतृत्वको क्यान महासचिव अशोकनाथ प्याकुर्‍यालले हाम्राकुरासंग भने, ‘अहिलेको पत्राचारमा नौलो कुरा केही छैन, पहिले आइसीसीले प्रेस रिलिजमात्रै जारी गरेको थियो । अहिले आधिकारीक रुपमा निलम्बनको पत्राचार गरेको हो ।’ त्यसमा सरकारले हस्तक्षेप गरेको कुरा र स्वतन्त्र निर्वाचन नभएको कुरा उल्लेख छ । 
 
अक्टोबरमा बोर्ड बैठक बस्दै छ,प्याकुर्‍यालले थपे, ‘त्यसअघि बोर्डका प्रतिनिधीहरु नेपाल आएर वस्तुस्थिति बुझ्ने पत्रमा जानकारी गराइएको छ ।’ बोर्ड पदाधिकारीहरुकै प्रतिनीधि मन्डलले अदालत, कार्यसमिति र निर्वाचनको स्थिति बुझेर प्रतिवेदन बुझाउने र सो प्रतिवेदनपछि मात्रै केही पक्रिया चाल्न बुझ्नमा आएको छ–प्याकुर्‍याललेभने । अक्टोबर अघि केही होला जस्तो लाग्दैन । 
 
राखेपलाई पत्र सम्म दिएन 
प्याकुर्‍यालका अनुसार राष्ट्रिय खेलकुद परिषद्लाई पत्रसम्म नदिएको जानकारी दिए । उनले भने, ‘केशब जीलाई सीसी गरेर मेल गरेको छ, त्यो उहाँलाई व्यक्तिगत रुपमा जानकारीका लागि पठाएको हो ।’ एउटा कुरा के स्पस्ट हुनुस् भने, हामी नै आधिकारीक हौं । उनले सुनाउँदै भने, ‘नभए केशव जीलाई सीसी गरेर मेल गरेको छ, अर्को कुरा राखेपलाई तिम्ले बनाएको समिति निलम्बन गरेको हो भन्ने जवाफ दिएको छ ।’ आधिकारी हामी हौं । 
 
अदालतमा मुद्दा हाल्ने त तपाईहरु नै हो ?
जवाफमा प्याकुर्‍यालले भने, ‘अदालतमा मुद्दा हान्नु परेको पनि सरकारकै हस्तक्षेपले हो । जो अहिले आइसीसीले समेत प्रमाणित गरिदियो, तैले सरकारी हस्तक्षेप गरिस् अनि निलम्बन गरें भनेर ।’ अब के हुन्छ ? जवाफमा उनले भने, ‘अदालतको पेशी सरेको सर्यै छ । अब असार १६ गतेलाई पेशी पाइएको छ ।’ अदालतका विषयमा हामीले बोल्न मिलेन । 
 
चन्द पक्षलाई तिमिहरुकै कारण विवाद भो भन्दै पत्र आयो : राखेप 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्ट मुलुक बाहिर छन् । यद्यपि, उनका प्रेस सल्लाहकार रोहित दाहालले आइसीसीले चन्द पक्षलाई पत्राचार गरेको बताए । पत्राचार गरी तिमिहरुकै कारण विवाद भो भनेको उनले बताए । यस्तै, आइसीसीको टोली अनुगमनमा आउने कुरा समेत पत्रमा रहेको दाहालको भनाई छ । उनले भने, ‘अनौपचारिक रुपमा दुई वर्ष देखि क्यान निलम्बनमै थियो ।’
 
अहिले औपचारिक रुपमा भयो । नामिवियासंगको खेल हुँदा राम्रो भयो, तिमिहरुको खेल संचालन क्षमता र खुवी छ भन्ने रिपोर्ट गयो । उनले थपे, ‘हामीसंग भयङ्कर राम्रो भयो भने, पछि निलम्बन गरे । यसमा केही गडबढी छ । केही नेपालीले नै बहादुरी देखाए जस्तो देखिन्छ ।’ यसमा जालझेल भएको हो । 
   
क्यानलाई निलम्बन गर्नु अघिको विवादबारे विस्तृत अध्ययन गर्न आइसीसीले टोली नेपाल पठाउने छ । सो टोलीले दिएको सुझाव प्रतिवेदनको आधारमा मात्रै नेपाली क्रिकेटको भविष्यबारे निर्णय लिने आइसीसीको तयारी छ । कुनै पनि राष्ट्रको क्रिकेट नेतृत्वलाई लिएर विवाद हुँदा आइसीसीले आफ्नै स्वतन्त्र समिति बनाएर छानविन गर्दै आएको छ ।सो समितिको सिफारिस वमोजिम निलम्बन फुकुवा गर्ने वा शर्तहरु थप गरेर अझ कडाई गर्ने निर्णयमा आइसीसी पुग्ने गर्दछ । जसको एक उदाहरण अमेरिकन क्रिकेट हो । अमेरिका निलम्बन भएको लामो समय भइसहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ