arrow

प्रदेश १ मा चार हजार ४१२ कोरोना संक्रमित

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
corona-test-kit.jpg

विराटनगर । प्रदेश न १ मा पछिल्लो २४ घण्टामा १५५ कोरोना संक्रमित थपिएका छन् । थपिएकामा महिला ६३ र पुरुष ९२छन् । त्यसमा मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा पाँच, धनकुटामा चार, झापामा तीन, ताप्लेजुङ, उदयपुर तथा प्रदेश बाहिरका एकएक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा विराटनगरमा ७० जनामा संक्रमण देखिएको मध्ये ३० महिला र ४० पुरुष छन् । थपिएकामा मोरङको लेटाङमा एक महिला र तीन पुरुष, पथरीशनिश्चरेमा तीन पुरुष, उर्लाबारी र सुन्दरहरैचामा एकएक पुरुष, ग्रामथानमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको  मन्त्रालयले जनाएको छ । 

धरानमा १३ महिला र नौ पुरुष, इटहरीमा नौ पुरुष र १३ महिला, इनरुवामा चार महिला र १२ पुरुष, भोजपुरको षडानन्दमा एक महिला र चार पुरुष, धनकुटाको चौबिसेमा एक महिला र दुई पुरुष, धनकुटा नगरपालिकामा एक पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा एकएक पुरुष, शिवसताक्षीमा एक महिला, ताप्लेजुङको मेरिङदेनमा एक महिला, उदयपुरको त्रियुगामा एक पुरुष र प्रदेश बाहिरका एक महिलामा संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रदेशमा हालसम्म चार हजार ४१२ जना कोरोनाबाट संक्रमित भएका छन् भने  जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनकपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट पाँच र होम आईसोलेसनबाट चारसहित  ३६ जना बुधबार डिस्चार्ज भएका छन् । 

अहिलेसम्मा यसप्रदेशबाट कोरोनाबाट मुक्त भएर घर फर्केनेको सङ्ख्या एक हजार ९४८ पुगेको छ । यसप्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३७० जना सहित अहिलेसम्ममा एक लाख तीन हजार ३३३ जनाको पिसिआर परीक्षण भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ