arrow

बाँकेमा फेरि २१ थपिए, बुधबारमात्रै ७२ पुगे 

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
corona-test-kit.jpg

नेपालगञ्ज । बाँकेमा बुधबार साँझ फेरि २१ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालले सार्वजनिक गरेको दोस्रो लटमा थप १९ जना र बागेश्वरी डायग्नोष्टिक ल्याबमा २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यस अघि बुधबार दिउँसो भेरीमा गरिएको परिक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै बुधबार मात्रै संक्रमित हुनेको संख्या ७३ पुगेको छ । अब बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ पुगेको छ ।

हालसम्म ९ सय १५ जना निको हुँदा ८ जनाको भने मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ